ताजा समाचार

समाजसेवी युवा ओली र खड्काद्वारा पोखरा खेलमैदान निर्माण अभियानमा आर्थिक सहयोग

रुकुम (पुर्व)।पोखरा खेल मैदान निर्माण अभियानमा  समाजसेवी युवा सुधिर ओली र क्रिजन खड्का आर्थिक सहयोग गरेका छन ।

रुकुम पुर्व सिस्ने गाँउपालिका वडा नं ३ पोखरा स्थायी घर भइ हाल अमेरिका  रहेका ओलीले  ३५ हजार १ सय ६५  र  हाल साउदी रहेका खड्काले १० हजार ३ सय ४०  खेलमैदान निर्माणअभियानमा आर्थिक सहयोग गरेका हुन ।

समाजसेवी युवा ओलीले भनेः आफ्नो गाँउघरको विकास निर्माणको अभियानमा आफ्नो तर्फबाट सहयोग गर्न पाउँदा, खुसि लागेको समाजसेवा, सामाजिक काम आफ्नो तर्फबाट अनवरत सहयोग रहिरहने छ ।

आर्थिक स्रोत पहिचान समितीका सचिव रेवन  खड्काले भनेः आफ्नो गाँउघरको विकास निर्माणका  लागी गरेको सहयोगप्रती कृतज्ञता प्रकट गर्दछ।

यसरी सबैले हातेमालो गरे पक्कै पनि हाम्रो अभियानमा ठूलो टेवा पुग्ने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org