ताजा समाचार

६ पौष २०७७ सोमवार को राशिफल

 

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला । स्वादिष्ट भोजन पनि पाइएला ।

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा) आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । भाग्यले साथ दिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शिक्षामा पनि सफलता पाइएला ।

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । शिक्षामा अवरोध आउनसक्छ ।

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ ।

बृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनसक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ ।

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

बृश्चिक

(तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । छोटो दुरीको लाभदायी यात्रा हुनेछ । अरुलाई प्रभावित पारेर काम पनि बन्ला ।

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चिंंंंंंंं) स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम विगार्नेको सक्रिय रहने देखिन्छ । नियमित खर्चसमेत बढ्ने योग छ । (

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org