ताजा समाचार

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः उपाधि प्रदेश एकलाई

काठमाडाैँ । प्रदेश १ ले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेकोे छ ।

आइतबार भएको फाइनल खेलमा विभागीय टोली एपीएफलाई हराउँदै प्रदेश १ ले उपाधि रक्षा गरेकोे हो ।  प्रदेश १ ले पहिलो पटक पीएम कपको उपाधि जितेको हो । सविकको विजेता एपीएप भने सहजै पराजित हुन पुगेको हो । प्रदेश १ लाई एपीएफले ६ रनले हराएको हो ।

दाङको लमही स्थित देउखुरी क्रिकेट मैदानमा प्रदेश १ ले उपाधि जितका लागि दिएको १०६ रनको लक्ष्य एपीएफले निर्धातिर २० ओभर सात विकेट गुमाउँदै मात्र ९९ रन बनाएको हो ।  एपीएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रनको योगदान गरिन् । त्यस्तै करुणा भण्डारीले २६ रन बनाउँदा जोति पाड्यले १४ रनको योगदान गरिन् । बलिङतर्फ प्रदेश १ का लागि कप्तान रुविना श्रेत्रिले २ विकेट लिइन् ।

त्यस्तै अलिसा खाडियाले पनि दुई विकेट लिन सफल भइन् । संगिता राईले पनि एक विकेट लिन सफल भइन् ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा चार विकेट गुुमाउँदै १०५ रन बनाउन सफल भएको थियो ।
प्रदेश १ का लागि अप्सरी बेगमले ३४ रनको योगदान गरिन् । ४५ बल खेलेकी उनले ५ चौकाको सहयोगमा ३४ रन बनाउन सफल भएकी हुन् ।

प्रदेश १ का लागि काजल श्रेष्ठले नट आउट २९ रनको योगदान गरिन् । त्यस्तै कप्तान रोविना श्रेत्रीले १८ रन बनाउँदा निशा शाहले रनको योगदान गरिन् ।  बलिङतर्फ एपीएफका लागि कप्तान सिता राना मगरले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै करुणा भण्डारीले एक विकेट लिन सफल भइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org