ताजा समाचार

प्रचण्ड–माधव पक्षले प्रधानमन्त्रीलाई पठायो संविधान

काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई संविधान पठाएका छन्।

प्रतिनिधिसभा विघटनको विरोधमा देशभरका जिल्ला प्रशासन अधिकारीमार्फत प्रधानमन्त्रीलाई विरोधपत्रको साथमा संविधानको पुस्तक पनि पठाएका हुन्।

प्रचण्ड–माधव पक्षको नेकपाले प्रधानमन्त्री केपी ओलीले राष्ट्रको नाममा क्षमा याचना गरी गल्ती सच्याउन पनि आग्रह गरेका छन्।

प्रचण्ड–माधव नेकपाको समूहले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई पनि विरोधपत्रसँगै संविधान बुझाएका छन्।

नेकपाको समूह जुलुसहित जिल्ला प्रशासन कार्यालय काठमाडाैं पुगेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org