ताजा समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने तयारी

काठमाडौं । अमेरिकी संसदमा हिंस्रक आक्रमण गराएका राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाअभियोग लगाउन तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभमा मतदानको तयारी गरिएको छ।

तल्लो सदनमा भोलिसम्म मतदान गर्नेगरी तयारी भइरहेको डेमोक्र्याटस सांसदहरुले बताएका छन्। ट्रम्पकै पार्टी रिपब्लिकनका शीर्ष नेताहरुसँगको छलफलपछि डेमोक्र्याटस सांसदहरु महाअभियोगको तयारीमा जुटेका हुन्। राष्ट्रपति ट्रम्पविरुद्ध ‘दंगालाई प्रोत्साहन गरेको’ आरोप लगाउने योजना छ।

संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढंगले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर त्यस्तो अभियोग लगाउने डेमोक्र्याट्सहरुको तयारी हो। संसदीय दलका सचेतक जेम्स क्लाइबर्नले भोलिसम्म महाअभियोगमा मतदान गर्न सकिने बतएका छन्।

संसदमा महाअभियोगको तयारी भएपछि ह्वाइट हाउसले राजनीतिक रूपमा प्रेरित भन्दै महाभियोगको सम्भावना नरहेको दाबी गरेको छ। ‘महाअभियोगको कदमले हाम्रो महान् देशलाई थप विभाजित गर्न मात्र सघाउँछ’ ह्वाइट हाउसले भनेको बीबीसीले जनाएको छ।

यदि महाअभियोगको प्रक्रिया अघि बढेमा ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोगको सामना गर्ने पहिलो राष्ट्रपति हुनेछन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org