पल्सर स्पोर्ट्स अवार्ड आज, मनोनयनमा को को?
काठमाडौं । १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ आज (मंगलबार) आयोजना हुँदैछ।
ललितपुरको सातदोबाटोस्थित कराते हलमा हुने अवार्ड कार्यक्रममा देशकै नाम उच्च बनाउने खेलाडी प्रशिक्षक तथा खेलकर्मीहरु सम्मानित हुँदैछन्।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रत्येक वर्ष प्रदान गर्दै आएको पल्सर स्पोर्ट्स अवार्डमा यो पटक २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय ऐरिनामा पदक पाएका खेलाडी मनोनयनमा छन्। यो पटक विभिन्न १० विधामा खेलाडी, प्रशिक्षक तथा खेलकर्मीले अवार्ड पाउँदैछन्।
पिपल्स च्वाइज अवार्ड, वर्ष उत्कृष्ट पुरुष, उत्कृष्ट महिला, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेशल, पारा एथलिट सम्मान, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारले अवार्ड पाउने छन्। वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ पाउनेछन्।
कार्यक्रम कोरोना भाइरसको कारण सेमिभर्चुल रुपमा हुँदैछ। यसअघि नै विभिन्न विधामा परेका खेलाडीहरुको मनोनयन सार्वजनिक गरिसकेको छ।
यी हुन् मनोनयनमा परेका खेलाडी र प्रशिक्षक
पिपल्स च्वाइज अवार्ड
गौरिका सिंह–पौडी
– १३औं दक्षिण एसियाली खेलकुदमा चार स्वर्णको कीर्तिमानसहित थप दुई रजत र दुई कास्य
– आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण
– करिश्मा कार्कीले बनाएको एकै प्रतियोगितामा धेरै स्वर्ण जित्ने कीर्तिमानमा बराबर
– दक्षिण कोरियामा आयोजित १८औं फिना विश्व च्याम्पियनसिपमा १ सय र २ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा।
अरुणा शाही– भलिबल
– नेपाली टोलीकी कप्तान
– एभीसी सेन्ट्रल जोन महिला भभिबल च्याम्पियसिपमा स्वर्ण
– सागमा ऐतिहासिक रजत पदक
मण्डेकाजी श्रेष्ठ– कराते
– १३औं सागमा दुई स्वर्ण पदक (टिम काता र एकल काता)
– आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक (एकल काता) र रजत (टिम काता)
– बंंगलादेशमा भएको साफ च्याम्पियनसिपमा स्वर्ण पदक (टिम काता) र कांस्य पदक (एकल काता)
– नवौं थाइल्यान्ड ओपन च्याम्पियनसिपमा रजत (सिनियर काता), उत्कृष्ट खेलाडी घोषित
सदिना श्रेष्ठ– बास्केटबल
– १३औं सागमा रजत पदक (महिला टोली कप्तान)
– आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत पदक (प्रदेश ३)
– एनबीएल बास्केटबल लिगमा रजत पदक (समृद्धि गोरिल्लाज)
सावित्रा भण्डारी– फुटबल
– १३औं सागमा रजत पदक
– आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक (एपीएफ)
– इन्डियन वुमन्स लिग २०१८–१९ विजेता (सेथु एफसी)
– प्रधानसेनापति कप विजेता (एपीएफ)
– इन्डियन वुमन्स लिग २०१९–२० विजेता (गोकुलम केरला)
– नादेझ्दा कप उपविजेता (नेपाल)
– नेपालका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान कायम
वर्षका पुरुष खेलाडी
विकेश कुथु (फुटबल)
– १३औं सागमा फुटबलको टिम स्वर्ण
– आठौं राष्ट्रियमा आर्मी क्लबबाट स्वर्ण
– ए डिभिजन लिगमा दोस्रो
– विशाल गोल्डकप च्याम्पियन
गोपीचन्द्र पार्की (एथलेटिक्स)
– १३औं सागमा ५ हजार मिटर दौडमा स्वर्ण पदक
– आठौं राष्ट्रिय खेलकुदमा ५ हजार मिटर दौडमा स्वर्ण, १० किमि दौडमा कांस्य
– गणेशमान सिंह ओपन रोड रेसमा प्रथम
– चितवन नेसनल १५ किमि ओपन रोड रेसमा प्रथम
कमल श्रेष्ठ (तेक्वान्दो)
– १३औं सागमा स्वर्ण
– आठौं बृहत राष्ट्रिय खेलकुदमा तीन स्वर्ण
– नवौं कोरियन एम्बेसडर खुला राष्ट्रिय तेक्वान्दोमा दुई स्वर्ण
मन्देकाजी श्रेष्ठ (कराते)
– १३औं सागमा दुई स्वर्ण पदक (टिम काता र एकल)
– आठौं राष्ट्रिय खेलकुद, स्वर्ण पदक (एकल काता) र रजत (टिम काता)
– बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा कांस्य पदक (एकल काता) र स्वर्ण पदक (टिम काता)
सुवास तामाङ (गल्फ)
– १३ औं दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण (व्यक्तिगत र समूह)
– पहिलो पटक नेपाललाई ऐतिहासिक स्वर्ण ।
– आठौं राष्ट्रिय खेलकुदको टिम स्पर्धामा रजत (आर्मीबाट, सुवास तामाङ, राहुल बिक र निश्चयजंग रायमाझी)
– फाल्डो सिरिज छनोट २०७६ मा च्याम्पियन, सूर्य नेपाल प्रिमियर लिग समग्रमा च्याम्पियन ।
वर्षकी महिला खेलाडी
अनु अधिकारी (कराते)
– १३औं सागमा स्वर्ण पदक
– आठौं राष्ट्रिय खेलुकदमा रजत पदक
– बंगलादेशमा सम्पन्न पाँचौं साफ च्याम्पियनसिप करातेमा स्वर्ण पदक
– उज्वेकिस्तानमा भएको १६औं सिनियर कराते च्याम्पियनसिपमा १६औं स्थान
आयशा शाक्य (तेक्वान्दो)
– १३औं सागमा दुई स्वर्ण
– आठौं बृहत राष्ट्रिय खेलकुदमा कास्य
गौरिका सिंह (पौडी)
– १३औं सागमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक
– सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानस“ग बराबर
– आठौं राष्ट्रिय खेलकुदमा सहभागी सबै स्पर्धा अर्थात १२ स्वर्ण जित्न सफल ।
सन्तोषी श्रेष्ठ (एथलेटिक्स)
– १३औं सागमा १० हजार मिटर दौडमा स्वर्ण पदक
– आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण, रजत र कांस्य ( ५ हजार, १५ सय र १० हजार मिटरमा)
– वीर गणेशमान सिंह १० किमि रोड रेसमा स्वर्ण
– नेवाः च्यारिटी धरान १० किमी रनमा स्वर्ण
– कान्तिपुर हाफ म्याराथन (२१ किमी) मा रजत
सोनी गुरुङ (ट्रायथलन)
– १३औं दक्षिण एसियाली खेलकुद (साग) मा एक स्वर्ण र एक रजत
– आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण
– दोस्रो ग्रेड बुद्धिस्ट ट्रेल– २०१९ मा स्वर्ण
– हाइअल्टिच्युट त्रि–एडभेन्चर प्रतियोगिता २०१९ मा स्वर्ण
वर्षका युवा खेलाडी
भूपेन श्रेष्ठ (तेक्वान्दो)
– १३औं सागमा स्वर्ण पदक
– आठौं बृहत राष्ट्रिय खेलकुदमा स्वर्ण
– हैदराबादमा आयोजित दोस्रो इन्डिया ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
– चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा कांस्य
पूनम श्रेष्ठ (जुडो)
– १३औं सागमा स्वर्ण
– आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण
– राजविराजमा सम्पन्न छैटौं नेसनल ओपन जुडो च्याम्पियनसिपमा स्वर्ण
सञ्जु चौधरी (भारोत्तोलन)
– १३औं सागमा स्वर्ण (राष्ट्रिय कीर्तिमान)
– सुनीललाल मेमोरियलमा स्वर्णसहित उत्कृष्ट खेलाडी
– चीनमा भएको एसियन च्याम्पियनसिप र टोकियो ओलम्पिक छनोट खेलमा प्रतिस्पर्धा
सिना लिम्बु मादेन (तेक्वान्दो)
– १३औं राष्ट्रिय खेलकुदमा १ स्वर्ण, १ कांस्य
– आठौं राष्ट्रिय खेलकुदमा १ स्वर्ण, १ रजत, १ कांस्य
– नवौं कोरियन एम्बेसडर खुला राष्ट्रिय तेक्वान्दोमा १ स्वर्ण, १ रजत, १ कांस्य
सुवास तामाङ (गल्फ)
– साग दुई स्वर्ण (व्यक्तिगत र समूह)
– आठौं राष्ट्रिय खेलकुदको टिम स्पर्धामा रजत (आर्मी टिम–सुवास तामाङ, राहुल बिक र निश्चयजंग रायमाझी)
– फाल्डो सिरिज छनोट ०७६ मा च्याम्पियन ।
– सूर्य नेपाल प्रिमियर लिग समग्रमा च्याम्पियन ।
वर्षका उत्कृष्ट प्रशिक्षक
अमरकुमार थिङ (उसु)
– १३औं सागमा ५ स्वर्ण, ६ रजत ५ कांस्य पदक जिताउन सफल
मदन उप्रेती (कराते)
– राष्ट्रिय कराते टिमको मुख्य प्रशिक्षक
– १३औं सागमा नेपाललाई १० स्वर्ण, ४ रजत र ५ कांस्य पदक जिताउन सफल ।
नवीन श्रेष्ठ (तेक्वान्दो)
– १३औं सागमा तेक्वान्दोबाट नेपाललाई सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक दिलाउन सफल
– तेक्वान्दोबाट साग खेलेका २९ जना सबै खेलाडीलाई पदक
– चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली टोलीका प्रशिक्षक ।
प्रकाश थापामगर (बक्सिङ)
– १३औं सागमा ३ स्वर्ण, ६ रजत ६ कांस्य पदक जिताउन सफल
शंकर कार्की (पौडी)
– १३औं सागमा ४ स्वर्ण, ४ रजत ४ कांस्य पदक जिताउन सफल
– आठौं राष्ट्रिय खेलकुदमा पुलिस टिमलाई दोस्रो स्थानमा ल्याउन भूमिका
Comments
अरु समाचार
-
प्रचण्ड-नेपाल निकट मिडियाले कपोकल्पित अफवहा फैलाएकोमा सर्वोच्चको चेतवानी
काठमाडौं । सर्बोच्च अदालतले प्रधानमन्त्रीले संवैधानिक इजलासका न्यायाधीशहरुलाई भेटेको भनी चलाइएको हल्ला मिथ्यापूर्ण, भ्रामक र कपोलकल्पित भन्दै खेद व्यक्त गरेको...
-
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको माघ ११ गते विवाह
काठमाडाैँ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको यही माघ ११ गते विवाह हुने भएको छ । उनको विवाह अमेरिकामा बस्दै...
-
ओलीलाई स्पष्टिकरण सोध्ने प्रचण्ड–माधव पक्षको निर्णय, पौडेललाई कारवाही
काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षको स्थायी समिति बैठकले पार्टीले कारवाही गरेका केपी ओलीले पार्टी विधान, उद्देश्य र लक्ष्य विपरित...
-
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आइतबारदेखि संवैधानिक इजलासमै हुने
काठमाडौँ । संवैधानिक इजलासमा संसद् विघटनविरुद्धको रिटमाथिको बहसपछि इजलासले बृहत् पूर्ण इजलास गठनको माग अस्वीकार गरेको छ । १३ रिट...
-
प्रधानमन्त्री बन्नका लागि राष्ट्रियसभामा ल्याइएको भन्दै गलत प्रचार भयो : वामदेव
काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री बन्नका लागि आफुलाई राष्ट्रियसभामा ल्याइएको भनेर गलत प्रचार गरिएको बताएका छन् । सिंहदरबारमा...
-
दुई मन्त्रीबीच भेटवार्तापछि नेपाल–भारत संयुक्त आयोग बैठक सुरु
नेपाल र भारतबीच संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा सुरु भएको छ। सो बैठकमा भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र...
-
नेकपा स्थायी कमिटी बैठक सुरु, के गर्ला निर्णय ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । पेरिसडाँडमा सुरु भएको बैठकले आन्दोलनका थप...
-
संसद विघटन : संवैधानिक कि वृहत पूर्ण इजलासमा सुनुवाइ भन्ने बहस सुरु
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथिको सुनुवाइ सुरु भएको छ । अघिल्लो पटकजस्तै आज पनि रिटहरुको सुनुवाइ संवैधानिक...
-
प्रतिनिधिसभा विघटन मुद्दा : आज सुनुवाइ हुँदै
काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्द दायर रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । बुधबार बहस नसिकएपछि हेर्दाहेर्दैमा राखिएको...