प्रचण्डको प्रश्न- के जनयुद्व कुहिएको फर्सी हो त?
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्वलाई कुहिएको फर्सी भनेकोमा आपत्ति जनाएका छन्।
पोखरामा मंगलबार गण्डकी प्रदेशस्तरीय भेलामा बोलेका प्रचण्डले ओलीसँग पदको नभई विचारको लडाइँ भइरहेको बताएका छन्।
हालै प्रधानमन्त्री ओलीले जनयुद्वलाई कुहिएको फर्सीको संज्ञा दिएका थिए। त्यसप्रति आपत्ति जनाएका प्रचण्डले कार्यकर्तालाई सोधे- तपाईंहरू नै भन्नुहोस् के जनयुद्व कुहिएको फर्सी हो त?
जनयुद्व लडेका तर ओलीलाई साथ दिएका पूर्वमाओवादी नेताहरूलाई लक्षित गर्दै प्रचण्डले जनयुद्व कुहिएको फर्सी नै हो त भन्ने प्रश्न पनि गरेका छन्।
‘के जनयुद्व कुहिएकै फर्सी हो त? प्रतिक्रान्तिमा लागेकाहरूलाई तपाईंहरूले सोध्नुहोला,’ प्रचण्डले भने, ‘जनयुद्व सम्बन्धी उल्लेख गरिएका यसअघिका राजनीतिक प्रतिवेदनमा केपी ओलीले हस्ताक्षर गरेका छन् के त्यो कीर्ते हस्ताक्षर थियो? होइन भने यो स्वीकार्य छैन।’
उनले प्रधानमन्त्री ओलीप्रति संकेत गर्दै आफूहरू उखान र टुक्का भन्न तथा प्रहसन गर्न प्रदेशका कार्यक्रममा नआएको बताएका थिए।
‘हाँस्यव्यंग्य र उखान टुक्काका लागि हामी यहाँ उपस्थित भएको छैन,’ उनले भने। पार्टीभित्रको विवाद विचारका लागि भए पनि पदका लागि भन्नेजस्तो गरिएको उनको भनाइ थियो।
Comments
अरु समाचार
-
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको माघ ११ गते विवाह
काठमाडाैँ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको यही माघ ११ गते विवाह हुने भएको छ । उनको विवाह अमेरिकामा बस्दै...
-
ओलीलाई स्पष्टिकरण सोध्ने प्रचण्ड–माधव पक्षको निर्णय, पौडेललाई कारवाही
काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षको स्थायी समिति बैठकले पार्टीले कारवाही गरेका केपी ओलीले पार्टी विधान, उद्देश्य र लक्ष्य विपरित...
-
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आइतबारदेखि संवैधानिक इजलासमै हुने
काठमाडौँ । संवैधानिक इजलासमा संसद् विघटनविरुद्धको रिटमाथिको बहसपछि इजलासले बृहत् पूर्ण इजलास गठनको माग अस्वीकार गरेको छ । १३ रिट...
-
प्रधानमन्त्री बन्नका लागि राष्ट्रियसभामा ल्याइएको भन्दै गलत प्रचार भयो : वामदेव
काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री बन्नका लागि आफुलाई राष्ट्रियसभामा ल्याइएको भनेर गलत प्रचार गरिएको बताएका छन् । सिंहदरबारमा...
-
दुई मन्त्रीबीच भेटवार्तापछि नेपाल–भारत संयुक्त आयोग बैठक सुरु
नेपाल र भारतबीच संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा सुरु भएको छ। सो बैठकमा भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र...
-
नेकपा स्थायी कमिटी बैठक सुरु, के गर्ला निर्णय ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । पेरिसडाँडमा सुरु भएको बैठकले आन्दोलनका थप...
-
प्रतिनिधिसभा विघटन मुद्दा : आज सुनुवाइ हुँदै
काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्द दायर रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । बुधबार बहस नसिकएपछि हेर्दाहेर्दैमा राखिएको...
-
चन्द्रागिरिको आइपीओ भर्नेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको ११ औं बर्षिक सधारण सभा २०७७ साल पौष २९ गते बुधबारका दिन चन्द्रगिरि हिल्स रिर्सोट...
-
देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ । पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर...