गौरिकालाई उत्कृष्ट महिला खेलाडीको अवार्ड
काठमाडौं । पौडीकी गौरिका सिंहले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् ।
ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको अवार्ड कार्यक्रममा गौरिका वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन् । अवार्ड जित्ने क्रममा गौरिकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पारिन् ।
नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा गौरिकाले चार स्वर्णसहित ९ पदक जितेकी थिइन् ।
२०० मिटर फ्री-स्टायल, २०० मिटर ब्याक स्ट्रोक, ४०० मिटर फ्री-स्टायल र १०० मिटर फ्री-स्टायलमा स्वर्ण पदक जितेकी थिइन् ।
त्यस्तै, उनले ५० र १०० मिटर ब्याक स्ट्रोकमा रजत पदक जितेकी थिइन् भने स्विमिङ टिम इभेन्ट्समा तीन कास्य पदक जितेकी थिइन् ।
Comments
अरु समाचार
-
मन्डेकाजी श्रेष्ठ वर्षको उत्कृष्ट पुरुष खेलाडी
काठमाडौं । करातेका मन्डेकाजी श्रेष्ठले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड जितेका छन् । ललितपुरको सातदोबाटोस्थित...
-
पल्सर स्पोर्ट्स अवार्ड आज, मनोनयनमा को को?
काठमाडौं । १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ आज (मंगलबार) आयोजना हुँदैछ। ललितपुरको सातदोबाटोस्थित कराते हलमा हुने अवार्ड कार्यक्रममा...
-
राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर शाहीको निधन
काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन भएको छ। शाहीको दैलेखमा आइतबार राति निधन भएको अखिल नेपाल...
-
ला लिगामा मेस्सीको अर्को रेकर्ड
एजेन्सि । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले ला लिगामा नयाँ कीर्तिमान राख्न सफल भएका छन्। आइतबार राति ह्युस्काविरुद्धको खेलमा मैदानमा उत्रिएसँगै...
-
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः उपाधि प्रदेश एकलाई
काठमाडाैँ । प्रदेश १ ले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेकोे छ । आइतबार भएको फाइनल खेलमा विभागीय...
-
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटः प्रदेश १ र एपीएफ उपाधि भिडन्त आज
काठमाडौँ। प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । दाङको लमहीमा जारी प्रतियोगिताको उपाधिका लागि प्रदेश १ र...
-
समाजसेवी युवा खड्काद्वारा खेलमैदान निर्माणका लागि ४० हजार आर्थिक सहयोग
रुकुम पूर्व । खेल मैदान निर्माण अभियानमा समाजसेवी युवा चन्द्र बहादुर खड्काले ४०,०००(अक्षेरुपी चालीस हजार) आर्थिक सहयोग गरेका छन ।...
-
समाजसेवी युवा ओली र खड्काद्वारा पोखरा खेलमैदान निर्माण अभियानमा आर्थिक सहयोग
रुकुम (पुर्व)।पोखरा खेल मैदान निर्माण अभियानमा समाजसेवी युवा सुधिर ओली र क्रिजन खड्का आर्थिक सहयोग गरेका छन । रुकुम पुर्व...
-
लेवान्डोस्की फिफा वर्ष खेलाडी
एजेन्सि । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले वर्ष खेलाडीको सुचि सार्वजनीक गर्दा लेवान्डोस्की, मेस्सी र रोनाल्डोलाई अन्तिम तीन खेलाडीमा मनोनयन...