ताजा समाचार

केपी ओलीको कुर्सी आन्दोलनले खोस्ने छ : अष्टलक्ष्मी शाक्य

काठमाडाैँ । नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी ओलीको कुर्सी आन्दोलनले  खोस्ने दाबी गरेकी छिन् ।

राजधानीमा त्यस समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता शाक्यले प्रतिगमनविरुद्धको आन्दोलन निर्णायक चरणमा रहेकाले अब ओलीको कुर्सी आन्दोलनले खोस्ने बताएकी हुन् । ‘प्रतिगमनविरुद्धको आन्दोलनका लागि काठमाडौँ केन्द्रविन्दु हो । अब आन्दोलन निर्णायक ठाउँमा पुग्न धेरै समय लाग्दैन। आन्दोलनको बलबाटै केपी ओली कुर्सीबाट झर्नैपर्छ’, उनले भनिन् ।

प्रधानमन्त्री ओली कम्युनिस्ट सिद्धान्त र आचरणलाई तिलाञ्जली दिएर तानाशाही र प्रतिगमनकारी बनेको अाराेप उनले लगाइन् । ओलीले राज्य सत्ता र शक्तिको दुरुपयोग गर्दै भ्रम सिर्जना गरिरहेको भन्दै शाक्यले ओलीलाई सत्ताबाट हटाउन एकजुट हुन कार्यकर्तालाई आह्वान पनि  गरिन् । प्रतिगमनविरुद्धको आन्दोलनले ओलीलाई धक्का दिने दाबी शाक्यको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org