केपी ओलीको ‘नौटंकी’ का पछाडि कोही लाग्नेवाला छैन : प्रचण्ड
ओलीलाई प्रचण्डले दिए 'पोलिटिकल जोकर'को संज्ञा
काठमाडाैँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीको ‘नौटंकी’ का पछाडि कोही नलाग्ने दाबी गरेका छन् ।
बुधबार नेकपा काठमाडौंले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओली नौटंकी र राजनीतिक जोक्करमा परिणत भएको बताए ।
‘प्रचण्ड’ले पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई ‘पोलिटिकल जोकर’को संज्ञासमेत दिएका छन् ।
उनले ७० वर्षको राजनीतिक आन्दोलनको उपलब्धिका रुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान धरापमा परेको बताउँदै त्यसलाई जोगाउन संघर्ष गर्नुपर्ने बताए । अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा विघटनपछि राष्ट्र र जनतामा देखा परेको संकटलाई समधान गर्ने उपयबारे र यो संकटबाट बाहिर निस्कन उपयबारे छलफल गर्ने उपस्थित भएको बताए।
‘हामी यहाँ कुनै प्रहसन देखाउन जुटेका छैनौँ, हामी यहाँ उखानटुक्का गरेर हँसाउनका लागि कमेडी शो गर्न पनि उपस्थित भएका छैनौँ, हामी मानिसहरुलाई दिग्भ्रमित पार्ने, उद्देलिन पार्ने, उत्तेजित पार्ने पार्नै कुराका निम्ति पनि यहाँ जुटेका होइनौँ’, अध्यक्ष प्रचण्डले भने, ‘हामी आज राष्ट्र र जनतामा देखापरेको संकटलाई समधान गर्ने उपयबारे छलफल गर्न र यो संकटबाट बाहिर निस्कन उपयबारे छलफल गर्ने उपस्थित भएका छौँ।’
देश र जनतासामु आइपरेको संकट समाधानका लागि जुठेका हौँ । हामी गम्भीर छौं । हाम्रै आँखा अगाडि संविधान, लोकतन्त्र र गणतन्त्रमाथि प्रहार भएको छ । हाम्रै पार्टीले निर्वाचित गरेको प्रधानमन्त्री र अध्यक्षबाट संविधानमाथि प्रहार भएको छ ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश जबराको प्रश्न : संसद् विघटन अस्वीकार गर्दा सरकार धारा ७६ (१) कै हुन्छ ?
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतले अस्वीकार गर्दा पनि सरकार संविधानको धारा ७६ को १ को...
-
केपी ओलीले हिजो जसको विरोध गर्थे आज उनैसँग लम्पसार परे : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली खोक्रो राष्ट्रवादी भएको आरोप लगाएका छन् ।...
-
‘केपी ओली प्रतिगमनका प्रतिक हुन्’,ओरिजिनल एमाले मै हो: माधव नेपाल
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले ‘असली’ एमाले केपी ओली नभएर आफू नै भएको बताएका छन् । मंगलबार...
-
पार्टी कमिटीहरु तत्काल पुनर्गठन गर्न ओलीको निर्देशन
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु...
-
प्रदेश १ : प्रचण्ड-माधव समूहको संसदीय दलको बैठकमा ३३ सांसद सहभागी
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक विराटनगरमा सुरु भएको छ । विराटनगरको होटल एसिया टिकमा दलका...
-
‘चुनावमा गए गणतन्त्र समाप्त हुन्छ भन्नु कमजोर मानसिकताको उपज’
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले चुनावमा गए संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको उपज भएको...
-
उपत्यकामा फेरि घरभित्रै मृत भेटिए दम्पती
काठमाडाैँ । उपत्यकामा फेरि एक दम्पती घरभित्रै मृत भेटिएका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीमा डेरा गरी बस्ने राजविराज घर भएका...
-
प्रतिनिधि सभा विघटन मुद्दा: संवैधानिक इजलासमा आजको बहस सुरू
काठमाडाै । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबारको बहस सुरू भएको छ। आइतबारदेखि निरन्तर बहस भइरहेको...
-
गरिब देशलाई खोप नदिए महामारी लम्बिने डब्लुएचओको चेतावनी
काठमाडाैँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप वितरणमा असमान रणनीतिका कारण विश्व ‘गम्भीर नैतिक असफलता’ तर्फ अघि...