जी-न्यूजसँग ओलीको अन्तर्वार्ता नाटकै हो : प्रचण्ड
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशी शक्ति केन्द्रहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्र सुनाएको टिप्पणी गरेका छन्।
‘विदेशी शक्ति केन्द्रहरूले उहाँलाई के-के मन्त्र सुनाए। उहाँले मन्त्र सुन्नु भयो। जी- न्यूजको इन्टर्भ्यू तपाईंहरूले हेर्नुभयो नि, उहाँले बोलाएको त्यो पनि नाटक कै हो। नाटकै हो। त्यसको पटाक्षप आज भइसक्यो। अब सगरमाथाको नाम फेर्ने रे, त्यही जी-न्यूजले। यो के नाटक देखिँदैछ तपाईं हामीले?,’ प्रचण्डले प्रश्न गरे।
आज काठमाडौंमा आयोजित आफू पक्षका नेता, कार्यकर्ता भेलामा बोल्दै प्रचण्डले भारतीय सहयोगअनुसार नै प्रधानमन्त्रीले अहिले प्रतिनिधि सभा भंग गरेको हुन सक्नेतर्फ पनि संकेत गरेका छन्।
‘हामीले असारमा स्थायी कमिटीमा छलफल गर्दा मेरा साथीहरूले हटाउन खोजेका छन् भन्नु हुन्थ्यो। हामीले त्यतिबेला हटाएनौं। भारतले भन्दैमा हटाउने हो र भनेर हटाएनौं नि त त्यतिबेला,’ उनले भने, ‘अनि अहिले उहाँले पार्टी विभाजन गर्ने, संसद भंग गर्ने भारतले भनेर गर्या? सारा जनताले देखे, बुझे। यसलाई के भन्नुहुन्छ केपीजी?’
उनले यसबारे प्रधानमन्त्रीसँग जवाफ पनि मागेका छन्।
‘मेरो प्रश्न- यसबारे के भन्नु हुन्छ केपीजी? तपाईं यसलाई के भन्नु हुन्छ? मैले भारतलाई केही भन्न खोजेको होइन फेरि यो भ्रम नहोस्।’
प्रधानमन्त्री ओलीले कस्ता मानिसलाई विशेष दूत भन्न खोजेको भन्ने बालुवाटारमा भएका गोप्य भेटघाटले पुष्टि गरिसकेको प्रचण्डको भनाइ थियो।
‘परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेत नराखी बालुवाटारमा एक्लै तीन तीन घण्टा छलफल गर्ने?,’ उनले भने। पार्टीमा बहुमत गुमाएपछि ओलीले राजीनामा दिनुपर्नेमा नदिएको उनको भनाइ छ।
‘म भएको भए त यस्तो देख्नेवित्तिकै राजीनामा दिइसक्थें,’ प्रचण्डले भने, ‘त्यो राष्ट्र र लोकतन्त्रको हितमा हुन्छ। तर उहाँ त कुर्सी भाँचेर छोड्छु भन्नुहुन्थ्यो। उहाँले कुर्सीमात्र होइन संविधान र राष्ट्र नै भाँचभुच गर्ने अवस्था आयो अब कसरी सहने?’
देश र संविधान धरापमा पर्दा ओली बिजेताजस्तो गरेर हाँसेको उनले बताए।
‘नराम्रो काम गर्दा त डर मान्ने हुनुपर्ने तर उहाँ खुसी हुनुभएको छ। भाङ खाएर नाचेकोजस्तो ताण्डप नृत्यजस्तो,’ उनले भने।
Comments
अरु समाचार
-
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको माघ ११ गते विवाह
काठमाडाैँ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको यही माघ ११ गते विवाह हुने भएको छ । उनको विवाह अमेरिकामा बस्दै...
-
ओलीलाई स्पष्टिकरण सोध्ने प्रचण्ड–माधव पक्षको निर्णय, पौडेललाई कारवाही
काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षको स्थायी समिति बैठकले पार्टीले कारवाही गरेका केपी ओलीले पार्टी विधान, उद्देश्य र लक्ष्य विपरित...
-
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आइतबारदेखि संवैधानिक इजलासमै हुने
काठमाडौँ । संवैधानिक इजलासमा संसद् विघटनविरुद्धको रिटमाथिको बहसपछि इजलासले बृहत् पूर्ण इजलास गठनको माग अस्वीकार गरेको छ । १३ रिट...
-
प्रधानमन्त्री बन्नका लागि राष्ट्रियसभामा ल्याइएको भन्दै गलत प्रचार भयो : वामदेव
काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री बन्नका लागि आफुलाई राष्ट्रियसभामा ल्याइएको भनेर गलत प्रचार गरिएको बताएका छन् । सिंहदरबारमा...
-
दुई मन्त्रीबीच भेटवार्तापछि नेपाल–भारत संयुक्त आयोग बैठक सुरु
नेपाल र भारतबीच संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा सुरु भएको छ। सो बैठकमा भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र...
-
नेकपा स्थायी कमिटी बैठक सुरु, के गर्ला निर्णय ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । पेरिसडाँडमा सुरु भएको बैठकले आन्दोलनका थप...
-
प्रतिनिधिसभा विघटन मुद्दा : आज सुनुवाइ हुँदै
काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्द दायर रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । बुधबार बहस नसिकएपछि हेर्दाहेर्दैमा राखिएको...
-
चन्द्रागिरिको आइपीओ भर्नेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको ११ औं बर्षिक सधारण सभा २०७७ साल पौष २९ गते बुधबारका दिन चन्द्रगिरि हिल्स रिर्सोट...
-
देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ । पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर...