महान्यायाधिवक्ता खरेललाई प्रधानन्यायाधीश राणाकाे प्रश्न : मुद्दा बृहत् पूर्ण इजलास लैजान किन मिल्दैन ?
काठमाडाैँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ जारी छ ।
सुनुवाइमा महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरेका छन् । उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइ बृहत् पूर्ण इजलासमा लैजानुनपर्ने तर्क गरेका छन् ।
बहसका क्रममा महान्यायाधीवक्ता खरेललाई प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणाले प्रश्न गरे, ‘कानुनी जटिलताको विषय उठाएर यसलाई बृहत् पूर्ण इजलासमा लैजान किन मिल्दैन ? विगता ११ जनाकाे बृहत् पूर्ण इजलास थियाे । त्याेभन्दा कम राखेर ११ जनाले गरेकाे व्याख्यालाई ओभर रुल गर्ने हैसियत राख्छ ? कम संख्यामा न्यायाधीश राखेर ओभर रुल गरियो भने भोलि न्याय प्रणालीले के भन्ला ?’
यसअघि बहस गरेका निवेदकतर्फका कानुन व्यवसायीले संवैधानिक इजलासकाे क्षेत्राधिकारमा प्रश्न उठाउँदै मुद्दाकाे सुनुवाइ बृहत् पूर्ण इजलासमा हुनुपर्ने तर्क गरेका थिए ।
Comments
अरु समाचार
-
प्रचण्ड-नेपाल निकट मिडियाले कपोकल्पित अफवहा फैलाएकोमा सर्वोच्चको चेतवानी
काठमाडौं । सर्बोच्च अदालतले प्रधानमन्त्रीले संवैधानिक इजलासका न्यायाधीशहरुलाई भेटेको भनी चलाइएको हल्ला मिथ्यापूर्ण, भ्रामक र कपोलकल्पित भन्दै खेद व्यक्त गरेको...
-
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको माघ ११ गते विवाह
काठमाडाैँ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको यही माघ ११ गते विवाह हुने भएको छ । उनको विवाह अमेरिकामा बस्दै...
-
ओलीलाई स्पष्टिकरण सोध्ने प्रचण्ड–माधव पक्षको निर्णय, पौडेललाई कारवाही
काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षको स्थायी समिति बैठकले पार्टीले कारवाही गरेका केपी ओलीले पार्टी विधान, उद्देश्य र लक्ष्य विपरित...
-
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आइतबारदेखि संवैधानिक इजलासमै हुने
काठमाडौँ । संवैधानिक इजलासमा संसद् विघटनविरुद्धको रिटमाथिको बहसपछि इजलासले बृहत् पूर्ण इजलास गठनको माग अस्वीकार गरेको छ । १३ रिट...
-
प्रधानमन्त्री बन्नका लागि राष्ट्रियसभामा ल्याइएको भन्दै गलत प्रचार भयो : वामदेव
काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री बन्नका लागि आफुलाई राष्ट्रियसभामा ल्याइएको भनेर गलत प्रचार गरिएको बताएका छन् । सिंहदरबारमा...
-
दुई मन्त्रीबीच भेटवार्तापछि नेपाल–भारत संयुक्त आयोग बैठक सुरु
नेपाल र भारतबीच संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा सुरु भएको छ। सो बैठकमा भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र...
-
नेकपा स्थायी कमिटी बैठक सुरु, के गर्ला निर्णय ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । पेरिसडाँडमा सुरु भएको बैठकले आन्दोलनका थप...
-
संसद विघटन : संवैधानिक कि वृहत पूर्ण इजलासमा सुनुवाइ भन्ने बहस सुरु
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथिको सुनुवाइ सुरु भएको छ । अघिल्लो पटकजस्तै आज पनि रिटहरुको सुनुवाइ संवैधानिक...
-
प्रतिनिधिसभा विघटन मुद्दा : आज सुनुवाइ हुँदै
काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्द दायर रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । बुधबार बहस नसिकएपछि हेर्दाहेर्दैमा राखिएको...