ग्लोबल आइएमई बैंकको बार्षिक साधारण सभा सम्पन्न: १६% लाभांश पारित
काठमाडौं । ग्लोबल आइएमई बैंकले १६% लाभांश पारित गर्दै१४औँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । पुस २९ गते सम्पन्न सभाले आर्थिक वर्ष २०७६÷७७ को कुल मुनाफाबाट आफ्ना सेयर धनीहरुलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनश सेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने निर्णयलाई पारित गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन मुनाफा ४ अर्ब १७ करोड रुपैयाँ र कर पछिको मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको थियो । बोनश सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।
साधारणसभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा कटिबद्ध रहेको बताए । उनले बैंकले संघीय सरकार तथा नेपाल राष्ट्र बैंकले अंगिकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरुप हालसम्म १८ वटा बैंक तथा वित्तीय संस्थाहरु यस बैंकमा समाहित गरिएको बताए ।
साबिकको जनता बैंक नेपालसँग मर्जरपछि ग्लोबल आइएमई बैंक देशकै सबै भन्दा ठूलो र सबल बैंक बनेको बताउँदै उनले शेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले बैंकले सदाझँै आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप निक्षेप संकलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताउँदै कोरोना भाइरस महामारीले अर्थतन्त्रमा पारेको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधि मार्फत सेवा प्रवाह गर्दै ग्राहकहरुलाई थप प्रभावकारी सेवा पु¥याउने बताए ।
आर्थिक वर्ष २०७६/७७ मा बैंकको व्याज आम्दानी तर्फ गत वर्ष भन्दा ६ अर्ब ९६ करोड रुपैयाँले वृद्धि भएको छ । आम्दानीमा वृद्धि भए पनि यसै अवधिमा कोरोना भाईरसको कारणले बैंकको कर्जा लगानी रकममा १ अर्ब ९५ करोड रुपैयाँसम्मको जोखिम व्यवस्थापन वापत रकम छुट्याउनु परेकोले बैंकको खुद मुनाफामा ५.३१ प्रतिशतले मात्र वृद्धि भई २ अर्व ९१ करोड रुपैयाँ मात्र कायम हुन सकेको छ ।
हाल बैंकले २ खर्ब ४९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।
त्यस्तै, बैंकले ७३ जिल्लामा २६४ शाखा सञ्जाल सहित करिब ८०० सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा ३ हजार भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकले करिब २२ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।
Comments
अरु समाचार
-
चन्द्रागिरिको आइपीओ भर्नेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको ११ औं बर्षिक सधारण सभा २०७७ साल पौष २९ गते बुधबारका दिन चन्द्रगिरि हिल्स रिर्सोट...
-
सिजी ल्यान्डमार्कको “मेगा फेस्टिभ अफर” विजेता घोषणा
काठमाडाै। छोटो समयमै सर्वसाधारणको मन जित्न सफल चितवनको भरपुरस्थित अत्याधुनिक सपिब मल सिजी ल्यान्डमार्कले दसैं, तिहार छठ जस्ता चाडपर्वको अवसरमा...
-
सोनममा विन्टर सेल अफर सुरु, छानिएका उत्पादनमा ७० प्रतिशतसम्म छुट
काठमाडाैँ । नेपालको प्रख्यात इन्डोर तथा आउटडोर रिटेल ब्रान्ड सोनमले वार्षिक विन्डर सेल अफर सार्वजनिक गरेको छ । यस अफर...
-
कपिलवस्तुमा एसपी अधिकारीले उठाइदिए ६ महिनामै अघिल्लो वर्षको ५ गुणा बढी राजश्व
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ६ महिनामै अघिल्लो वर्ष उठको राजश्वको ६ गुणा बढी राजश्व उठाएको छ । अघिल्लो...
-
नेपालको जलविद्युतमा लगानी गर्न रुस इच्छुक
काठमाडाैँ । रुसले नेपालमा ठूलो लगानीको जलविद्युत आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ। नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ...
-
‘अर्को बैंकको एटिएमबाट पैसा निकाल्दा तत्काल शुल्क लाग्दैन’
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्यो। मौद्रिक नीतिको बुँदा नं. ६७ मा भनिएको छ ‘बैंक...
-
चन्द्रागिरि हिल्सको साधारण शेयर बिक्री सुरु
काठमाडाैँ । काठमाडौं उपत्यकामा केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्न थालेको छ । वास्तविक...
-
शेखर गोल्छाले गरे महासंघ अध्यक्षमा पदबहाली
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाले आज पदाबहाली गरेका छन्। ५४औं साधारण सभाबाट १९औं अध्यक्ष बनेका गोल्छाले...
-
महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । आज महासंघमा भएको निर्वाचनमा हिराचनले ४०...