ताजा समाचार

प्रतिनिधिसभा विघटन मुद्दा : आज सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्द दायर रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । बुधबार बहस नसिकएपछि हेर्दाहेर्दैमा राखिएको प्रतिनिधिसभा विघटनसम्बन्धि १३ वटा रिट संवैधानिक इजलासमा विचाराधीन छ ।

प्रतिनिधि सभा विघटनभन्दा पनि इजलासको क्षेत्राधिकारका विषयमा बहस केद्रित छ । निवेदकहरूले सो मुद्दा बृहत् पूर्ण इजलासले हेर्नुपर्ने माग राख्दै आएका छन् भने सरकार पक्षले संवैधानिक इजलासले नै हेर्नुपर्ने बताएका छन् ।

गत पुस ५ गते राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ मा दुई चरणमा गर्नेगरि निर्वाचन घोषणा गरेकी छन् । पुस ८ गते सो निर्णय बदरको माग गर्दै दायर रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले संविधानको धारा ७६ (१),(७) र ८५ को व्याख्यासँग सम्बन्धित रहेको भन्दै संवैधानिक इजलाशमा पठाउने आदेश गरेको थियो । त्यस यता संवैधानिक इजलासमा पनि क्षेत्राधिकारको बहस हुँदा बहस मूल विषयमा प्रवेश गरेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org