ताजा समाचार

प्रधानमन्त्री बन्‍नका लागि राष्ट्रियसभामा ल्याइएको भन्‍दै गलत प्रचार भयो : वामदेव

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री बन्‍नका लागि आफुलाई राष्ट्रियसभामा ल्याइएको भनेर गलत प्रचार गरिएको बताएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सभा सदस्य गौतमले आफु प्रधानमन्त्री बन्‍न खोजेको र राष्ट्रियसभामा रोजेको भन्दै गलत प्रचार गरेको बताएका हुन् ।

उनले राष्ट्रियसभा प्रतिनिधिसभाको तुलनामा परिपक्व हुनुपर्ने भन्दै कामकारवाहीलाई प्रभावकारी बनाउनका लागि भूमिका खेल्ने जिकिर गरे । गौतमले राष्ट्रिय सभा र प्रतिनिधिसभाबीच मानमर्यादा र कामकारवाहीमा बिभेद रहेको भन्दै बिभेद अन्त्य गर्नका लागि पनि पहल र योगदान गर्ने जिकिर गरे ।

त्यस्तै उनले संघीय संसदका दुई सदनमध्ये राष्ट्रिय सभालाई कम अधिकार दिएको धारणा पनि राखे । पुष २३ गते बसेको राष्ट्रियसभाको बैठकले गौमतलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको थियो । मनोनयनपछि गौतम पहिलोपटक समितिमा गएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org