ओलीलाई स्पष्टिकरण सोध्ने प्रचण्ड–माधव पक्षको निर्णय, पौडेललाई कारवाही
काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षको स्थायी समिति बैठकले पार्टीले कारवाही गरेका केपी ओलीले पार्टी विधान, उद्देश्य र लक्ष्य विपरित गतिविधि गरेको भन्दै ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
साथै, महासचिव विष्णु पौडेलले समेत पार्टी निर्णय विपरित कामकारवाही गरेकाले उनलाई कारवाही गर्ने निर्णय गरेको नेता भीम रावलले बैठकपछि जानकारी दिए ।
त्यस्तै माघ १६ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले १६ गते प्रदर्शन गर्ने निर्णय गरेको नेता रावलले जानकारी दिए । नेकपाले संसद् विघटनविरुद्ध प्रदर्शन गर्दै आइरहेको छ ।
त्यस्तै बैठकले भारतीय पत्रकार सुधीर चौधरीले सगरमाथाका बारेमा दिएको अभिव्यक्तिको विरोध लगायतका ५ वटा विशेष प्रस्ताव गरेको छ । त्यस्तै आगामी तीन दिनभित्रमा पार्टीका रिक्त पदहरुमा नियुक्ति गर्ने पनि बैठकले निर्णय गरेको छ ।
Comments
अरु समाचार
-
पार्टीको ह्विप नमान्नेलाई कारबाही गर्ने प्रमुख सचेतक भट्टराईको चेतावनी
काठमाडाैँ । नेकपा ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले पनि एक...
-
भ्रष्टाचार नियन्त्रणको कामलाई नागरिक समाज र जनताको अपेक्षा अनुसार प्रभावकारी बनाइन्छः प्रेमकुमार राई
काठमाडाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका...
-
२३ फागुनमा संसद अधिवेशन बोलाउन सिफारिस
काठमाडौं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले...
-
‘हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउ, प्रधानमन्त्री संसदमा डटेर सामना गर्न तयार हुनुहुन्छ’: ईश्वर पोखरेल
काठमाडाैँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा प्रचण्ड-माधव पक्षलाई हिम्मत भए अविश्वासको प्रस्ताव लिएर आउन चेतावनी दिएका छन्। अनेरास्ववियुले काठमाडाैंमा आयोजना गरेको...
-
गृह मन्त्रालयले गर्यो सीडीओहरुको सरुवा (सूचीसहित)
काठमाडौ । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ४० भन्दा बढी...
-
‘हामीले दलको नेता नै फेरिसक्यौँ, प्रमुख सचेतक परिवर्तन गर्न उहाँलाई कुनै नैतिक अधिकार छैन’: देव गुरुङ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता देव गुरुङले आफूहरुले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई नै हटाइसकेकाले...
-
नवनियुक्त प्रमुख सचेतक भट्टराई भन्छन्- ‘जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नेछु’
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलकाे प्रमुख सचेत नियुक्त गरेका सांसद विशाल भट्टराईले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने...
-
केपी ओलीले देव गुरुङलाई हटाए, विशाल भट्टराई प्रमुख सचेतक नियुक्त
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइएको छ । प्रमुख सचेतकमा विशाल भट्टराईलाई...
-
वामदेव पुगे बालुवाटारः ओलीसँग पार्टी एकताको विषयमा छलफल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन् । गौतम नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग...