राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक वाटमोर नेपाल आइपुगे
काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर आइतबार राति नेपाल आइपुगेका छन्।
आइतबार राति नेपाल आएका उनी क्वारेन्टाइनमा बसेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
क्यान स्रोतका अनुसार केही दिनको क्वारेन्टिन बसाइपछि वाटमोर काठमाडौंमा जारी चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा खेलाडीको प्रर्दशन हेर्नेछन्।
क्यानले गत पुस २ मा अष्ट्रेलिया पूर्वब्याट्सम्यान वाटमोरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। कुल ७२ जनाले नाम नेपाली क्रिकेटको मुख्य प्रशिक्षक बन्न आवेदन दिएका थिए।
यसमा १५ जनालाई अन्तर्वार्तामा बोलाइए पनि १२ जना मात्रै उपस्थित थिए। नेपाली क्रिकेट झण्डै एक वर्षदेखि विदेशी प्रशिक्षकविहीन छ।
गत माघमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको एक दिवसीय त्रिकोणात्मक सिरिजसँगै भारतीय प्रशिक्षक उमेश पटवालले पदबाट राजीनामा दिएका थिए।
आफ्नो पारिश्रमिकमा सम्झौताभन्दा बढी कर लगाएको भन्दै पटवालले राजीनामा दिएका थिए।
Comments
अरु समाचार
-
जनयुद्धको प्राथमिकता स्वस्थ र स्फूर्ति पनि थियोः नेता पुन
रुकुम पूर्व । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री गणेशमान पुनले जनयुद्धका धेरै उद्देश्यमध्ये स्वस्थ र स्फूर्ति निर्माण पनि...
-
जनयुद्ध दिवसको अवसरमा खेलकुद आयोजना
काठमाडाैँ । २६ औ जनयुद्ध दिवसको अवसर पारी रुकुम –पूर्व) मा भलिबल र ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको । दिवसको आवसर...
-
नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित
काठमाडाैँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच आगामी मार्चमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको...
-
ललितपुर एन्फाका अध्यक्षको निलम्बन फुकुवा
काठमाडाैं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ। आफ्नो १९औँ...
-
गौरिकालाई उत्कृष्ट महिला खेलाडीको अवार्ड
काठमाडौं । पौडीकी गौरिका सिंहले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् । ललितपुरको सातदोबाटोस्थित...
-
मन्डेकाजी श्रेष्ठ वर्षको उत्कृष्ट पुरुष खेलाडी
काठमाडौं । करातेका मन्डेकाजी श्रेष्ठले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड जितेका छन् । ललितपुरको सातदोबाटोस्थित...
-
पल्सर स्पोर्ट्स अवार्ड आज, मनोनयनमा को को?
काठमाडौं । १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ आज (मंगलबार) आयोजना हुँदैछ। ललितपुरको सातदोबाटोस्थित कराते हलमा हुने अवार्ड कार्यक्रममा...
-
राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर शाहीको निधन
काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन भएको छ। शाहीको दैलेखमा आइतबार राति निधन भएको अखिल नेपाल...
-
ला लिगामा मेस्सीको अर्को रेकर्ड
एजेन्सि । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले ला लिगामा नयाँ कीर्तिमान राख्न सफल भएका छन्। आइतबार राति ह्युस्काविरुद्धको खेलमा मैदानमा उत्रिएसँगै...