ताजा समाचार

प्रदेश १ : प्रचण्ड-माधव समूहको संसदीय दलको बैठकमा ३३ सांसद सहभागी

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक विराटनगरमा सुरु भएको छ ।

विराटनगरको होटल एसिया टिकमा दलका नेता भीम आचार्यको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकमा ३२ सांसद सहभागी छन् । ३७ सांसदले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

ओली पक्षको दलको बैठक भने भोलिलाई डाकिएको छ । कांग्रेस संसदीय दलको बैठक पनि चलिरहेको छ । प्रदेशसभाको हिउँदे अधिवेशन बुधबार सुरु हुँदै छ ।

नेकपामा पछिल्लोपटक उत्पन्न विवादपछि अलग-अलग समूहको बैठक डाकिएको हो । बैठकले प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्ने बताइएको छ ।

नेकपा सांसद कुलप्रसाद लिम्बूले नयाँ सरकार गठनको विषयमा छलफल हुने बताए । सांसद राजेन्द्र राईले केही सांसद पहाडबाट आउँदै गरेको र केही काठमाडौंमा रहेको जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org