पार्टीभित्रका महाराज चिन्न सकेनौ!
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका स्थायी समिति सदस्य योगेश भट्टराईले आफ्नै पार्टीभित्रका महाराजहरुलाई देख्न नसकेको स्वीकार गरेका छन् ।
उनले नेपालमा भएका पटक पटकका राजनीतिक क्रान्तिहरुले बाहिर देखिएका महाराजलाई फालेपनि आफ्नै पार्टी भित्रका महाराजहरुलाई देख्न र फाल्न नसकेकाले पुन आन्दोलन गर्नुपरेको बताए ।
मंगलबार काठमाडौमा प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले अवको क्रान्तिबाट महाराज शैलीका शासक नखोजेको बताए । ‘जारी आन्दोलनले अव यो क्रान्ति, संघर्ष र जागरणले हाम्रो छेवैमा भएका महाराजहरु रहदैनन् भन्ने संकल्प गर्नुपर्छ । कम्युनिस्ट पार्टीको नाममा अलोकतान्त्रिक शासनको जन्म भयो । यसको हिसाब किताब चुक्ता गर्नुपर्नेछ, पार्टी भित्रको व्यवस्था बदल्न नसक्दा पीडा भोग्नु परेको छ । विधान, संविधान र जनअधिकारको खिलाफमा जाने शासक जन्मदैन भन्ने संकल्प गर्नुपर्ने छ’ नेता भट्टराईको भनाई छ ।
संसद विघटनपछि दुईवटा पसल खुलेको भन्दै उनले दुःध विक्री गर्ने पसल वा रक्सी भट्टितिर जाने भन्ने निर्णय गर्ने बेला आएको पनि बताए । भट्टराईले नेकपाको मुल नेतृत्व प्रचण्ड र माधव नेपाल रहेको भन्दै यही पार्टी नै आधिकारिक भएकाले यसले समाजदउन्मुख व्यवस्थाका लागि पहल गरिरहेको बताए ।
कार्यक्रममा उनले नेपाल प्रेस संगठनबारे विभिन्न भ्रम फैलाइएको भन्दै स्थापनाकालका अग्रजहरु शम्भु श्रेष्ठ, बालकृष्ण चापागाई र ओम शर्माहरु रहेको संगठन नै आधिकारिक प्रेस संगठन भएकाले नअल्मलिन सदस्यहरुलाई सुझाव दिए । कार्यक्रममा अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ र माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
Comments
अरु समाचार
-
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार हुन्: विष्णु पौडेल
काठमाडाैँ । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह...
-
अर्थमन्त्रीले पुनले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन्। अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरू...
-
उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्न नपाइने
काठमाडौं । यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगको कार्यतालिमा गएराति...
-
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा एक रात्रिभोजको...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
नेकपा एसद्वारा स्थायी कमिटी बैठक आह्वान
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ ।महाधिवेशनको तयारी, पार्टी...
-
आज १८ औँ लोकतन्त्र दिवस,उपलब्धि हुँदाहुँदै पनि केही विकृत्ति
काठमाण्डौ । आज १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत...
-
कतारका अमिर अल थानी साँझ काठमाडौं आइपुग्दै, विमानस्थल आधा घन्टा बन्द हुने
काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी २ दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् ।पहिलो पटक नेपालको...
-
भ्रष्टाचार मुद्धाको पूर्णपाठ नआउँदै मरासिनीलाई अर्थको साँचो, मुख्यसचिवको शंकास्पद भूमिका
काठमाडौं । नेसनल पेमेन्ट गेटवे सिस्टम भ्रष्टाचार मुद्दामा फैसलाको पूर्णपाठ नआउँदै मधुकुमार मरासिनी अर्थसचिव बनेका छन् । शुक्रबार मात्र उक्त...