ताजा समाचार

केपी ओलीले हिजो जसको विरोध गर्थे आज उनैसँग लम्पसार परे : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली खोक्रो राष्ट्रवादी भएको आरोप लगाएका छन् ।

राजधानीमा आयोजित प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले भने,“हिजो उहाँले जुन जुन शक्तिलाई विरोध गरेर राष्ट्रवादको नारा लगाउनुहुन्थ्यो तीनैसँग कुनै न कुनै रुपले लम्पसार परेर पार्टी फुटाइछाड्ने दुस्साहस गर्नुभयो ।  म अरु कसै विदेशीलाई दोष दिन चाहेको पनि छैन । मलाई कसैप्रति केही भन्नु छैन ।”

प्रचण्डले ओलीमाथी नै आफ्नो प्रश्न रहेको भन्दै ओलीको राष्ट्रवादी खोक्रो राष्ट्रबाद सावित भएको दाबी गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org