ताजा समाचार

समाजसेवी केसीद्वारा आमा–बा अक्षय कोषलाई ५ लाख आर्थिक सहयोग

काठमाडाै । आमा–बा अक्षय कोषलाई समाजसेवी धनबहादुर केसीले  ५ लाख  आर्थिक सहयोग गरेका छन् ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका–७, नाथिगाडका धनवहादुर केसीले रुकुम पश्चिम बाँफीकोट गाँउपालिकामा स्थापित आमा-बा अक्षय कोषका लागि  ५ लाख सहयोग गरेका हुन ।

गाउँपालिकाका टुहुरा, सहिद परिवार र अति विपन्न परिवारका बालवालिकाहरुलाई सहयोग गर्ने गरी गत वर्ष गाउँपालिकामा अक्षय कोष स्थापना गरिएको थियो । वडा नं. ३ का अध्यक्ष चन्द्रवहादुर केसीको पहलमा देश तथा विदेशमा रहेका व्यक्तिहरुबाट सहयोग संकलन गरेर २३ लाखको अक्षय कोष स्थापना गरिएको थियो ।

अहिले ५ लाख सहयोग प्राप्त भएपछि अव अक्षय कोष २८ लाखको भएको छ । यो अक्षय कोषको साँवा लगानी गर्ने र त्यसको ब्याजबाट गाउँपालिकाका सबै विद्यालयमा अध्यनरत टुहुरा, सहिद परिवार र अति विपन्न परिवारका बिद्यार्थीहरुलाई शैक्षिक सामग्रि लगायतको सहयोग गर्ने लक्ष राखिएको छ ।

अक्षय कोष स्थापना भएपछि यो वर्ष देखि बिद्यार्थीहरुलाई शैक्षिक सामग्रि र बिद्यालय पोषाक वितरण गर्न लागिएको अक्षय कोषका पहलकर्ता बाँफिकोट ३, का वडाध्यक्ष चन्द्रवहादुर केसीले जानकारी दिनुभयो । गाउँपालिकाका ४४ वटा विद्यालयमा अध्यनरत टुहुरा, सहिद परिवार र अति विपन्न परिवारका बालबालिकाको तथ्यांक संकलन भइरहेको उहाँले बताउनुभयो ।

तथ्यांक संकलन भएपछि एक वर्षलाई पुग्ने गरी शैक्षिक सामग्रि वितरण गर्ने उहाँको भनाई छ । टुहुरा सबै, सहिदका एका परिवारका सबै बालबालिका र एक विद्यालयमा अध्यनरत एक जना विपन्न परिवारका बालवालिकालाई सहयोग गर्ने गरी कार्यविधि निर्माण भएको केसीले बताउनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org