प्रभु बैंकको नाफा ४० प्रतिशतले बढ्यो, ६ महिनामै एक अर्ब ५१ करोड कमायो
काठमाडौं । प्रभु बैंकले ३९.८७ प्रतिशतले खुद नाफा बढाएको छ। बैंकले बुधबार चालु वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा एक अर्ब ५१ करोड रुपैयाँ भएको जनाएको छ।
बैंकले चालु वर्षको पछिल्लो तीन महिना (कात्तिकदेखि पुससम्म) ६६ करोड ८६ लाख रुपैयाँ नाफा गरेको छ। बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ।
अघिल्लो वर्ष २ अर्ब ४५ करोड रुपैयाँ रहेको यस्तो आम्दानी यसपाली २ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। बैंकले व्यापार वृद्धि पनि ९९ अर्ब ३९ करोडबाट बढाएर एक खर्ब २६ अर्ब रुपैयाँ पुर्याएको छ।
बैंकले निक्षेप एक खर्ब २८ अर्बबाट बढाएर एक खर्ब ६२ अर्ब पुर्याएको छ। यसले ब्याज खर्च केही बढे पनि व्यापार वृद्धिबाट भएको आम्दानीले खुद नाफामा सुधार देखिएको हो।
बैंकले स्प्रेड दर ४.८३ बाट घटाएर ३.६४ प्रतिशतमा झारेको छ। यसैगरी आधार दर ९.४५ प्रतिशतबाट घटाएर ७.२४ प्रतिशतमा ल्याएको छ।
Comments
अरु समाचार
-
बोनस घोषणा लगत्तै नेपाल हाइड्रोको सेयर भाउमा उछाल
काठमाडौं । नेपाल हाइड्रोडेभलपर लिमिटेडको सेयर मूल्यमा उछाल आएको छ । बोनस सेयर घोषणा गरेलगत्तै नेपाल हाइड्रोडेभलपरको सेयर भाउ ९...
-
महिला लघुवित्तको सेयर बाँडफाँड, १५ लाख आवेदकको हात खाली
काठमाडौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ। माघ ३० देखि फागुन ५ गतेसम्म बिक्री खुला...
-
ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ २३ गतेबाट खुल्दै
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन २३ गतेबाट सेयर जारी गर्ने भएको छ। ज्योतिले १०० रुपैयाँ अंकित दरका...
-
प्रभु इन्स्योरेन्सद्वारा लाभांश घोषणा
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष...
-
१३ खर्ब ४४ अर्बमा झर्यो बजेटको आकार, उच्च आर्थिक वृद्धिदर हासिल नहुने
काठमाडाैँ । सरकारले गत जेठ १५ गते ल्याएको चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ। अर्थ मन्त्रालयले अर्धवार्षिक बजेट समीक्षा...
-
सिस्ने गाउँपालिकामा छोरी बचत खाता शुरु
रुकुमपूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले छोरी बचत खाताको शुरुआत गरेको छ । गाउँपालिकाको वडा नं ३ पाँगांका ४ महिनाकी सिमा...
-
सनराइज बैंकको डेपुटी सीईओमा राणा
काठमाडाैँ । सनराइज बैंकको डेपुटी सीईओमा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छन्। बैंकको आज बसेको संचालक समितिको बैठकले राणालाई डेपुटी...
-
निर्वाचन आयोगले सरकारसँग माग्यो ७ अर्ब
काठमाडौं । निर्वाचन आयोगले सरकारले घोषणा गरेको २०७८ वैशाख १७ र २७ गतेको निर्वाचन गराउन ७ अर्ब ७ करोड रुपैयाँ...
-
इन्फ्रास्ट्रक्चरको आइपीओ बाँडफाँट हुँदै : ५० कित्तासम्म सबैले पाउने
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण सेयर (आईपीओ) आज बाँडफाँट हुँदैछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस...