इन्फ्रास्ट्रक्चरको आइपीओ बाँडफाँट हुँदै : ५० कित्तासम्म सबैले पाउने
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण सेयर (आईपीओ) आज बाँडफाँट हुँदैछ ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार आइपीओ बाँडफाँट शुक्रबार विहान १० बजे हुनेछ ।
५० कित्तासम्म आवेदन भर्ने सबैले पाउने भएका छन् । कम्पनीले बुधबार गरेको आईपीओको प्रि-अलोटमेन्टमा १४ लाख ७५ हजार ८० जनाको आवेदन योग्य रहेको उल्लेख छ ।
कुल आवेदकमध्ये ६ हजार २ सय ७६ जनाको आवेदन भने रितपूर्वक नभएको भन्दै रद्द भएको छ । १० देखि ५० कित्तासम्म आईपीओ माग गर्नेले माग बमोजिमनै सेयर पाउने जानकारी दिएको छ । यसरी बाँडफाँट गरेर बाँकी रहेको सेयर भने ६० कित्ताभन्दा बढी माग गर्ने आवेदकहरूमा गोलाप्रथाद्वारा बाँडफाँट गरिनेछ ।
कम्पनीले माघ २ देखि ६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको थियो । कम्पनीले ८ अर्ब रुपैयाँबराबरको ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो ।
Comments
अरु समाचार
-
बोनस घोषणा लगत्तै नेपाल हाइड्रोको सेयर भाउमा उछाल
काठमाडौं । नेपाल हाइड्रोडेभलपर लिमिटेडको सेयर मूल्यमा उछाल आएको छ । बोनस सेयर घोषणा गरेलगत्तै नेपाल हाइड्रोडेभलपरको सेयर भाउ ९...
-
महिला लघुवित्तको सेयर बाँडफाँड, १५ लाख आवेदकको हात खाली
काठमाडौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ। माघ ३० देखि फागुन ५ गतेसम्म बिक्री खुला...
-
ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ २३ गतेबाट खुल्दै
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन २३ गतेबाट सेयर जारी गर्ने भएको छ। ज्योतिले १०० रुपैयाँ अंकित दरका...
-
प्रभु इन्स्योरेन्सद्वारा लाभांश घोषणा
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष...
-
१३ खर्ब ४४ अर्बमा झर्यो बजेटको आकार, उच्च आर्थिक वृद्धिदर हासिल नहुने
काठमाडाैँ । सरकारले गत जेठ १५ गते ल्याएको चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ। अर्थ मन्त्रालयले अर्धवार्षिक बजेट समीक्षा...
-
सिस्ने गाउँपालिकामा छोरी बचत खाता शुरु
रुकुमपूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले छोरी बचत खाताको शुरुआत गरेको छ । गाउँपालिकाको वडा नं ३ पाँगांका ४ महिनाकी सिमा...
-
सनराइज बैंकको डेपुटी सीईओमा राणा
काठमाडाैँ । सनराइज बैंकको डेपुटी सीईओमा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छन्। बैंकको आज बसेको संचालक समितिको बैठकले राणालाई डेपुटी...
-
निर्वाचन आयोगले सरकारसँग माग्यो ७ अर्ब
काठमाडौं । निर्वाचन आयोगले सरकारले घोषणा गरेको २०७८ वैशाख १७ र २७ गतेको निर्वाचन गराउन ७ अर्ब ७ करोड रुपैयाँ...
-
प्रभु बैंकको नाफा ४० प्रतिशतले बढ्यो, ६ महिनामै एक अर्ब ५१ करोड कमायो
काठमाडौं । प्रभु बैंकले ३९.८७ प्रतिशतले खुद नाफा बढाएको छ। बैंकले बुधबार चालु वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै...