श्वेता खड्काले कुटेको भन्दै प्रहरीमा सुष्मा कार्कीको उजुरी
काठमाडाै। अभिनेत्री सुष्मा कार्कीले आफूमाथि अर्की अभिनेत्री श्वेता खड्काले कुटपिट र गालीगलौज गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन्।
अभिनेत्री कार्कीले सोमबार साँझ दरबारमार्गस्थित लण्डन पब क्याफेमा आफूमाथि अभिनेत्री खड्कासँगै उनका पति विजयेन्द्र सिंह, बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट तथा गालीगलौज गरेको भन्दै महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन्।
दरबारमार्गका डीएसपी रामेश्वर पौडेलले अभिनेत्री कार्कीले सोमबार साँझ आफूमाथि कुटपिट भएको भन्दै उजुरी दिएको बताए। उनले छलफलका लागि अर्को पक्षलाई पनि बोलाएको जानकारी दिए।
‘सोमबार साँझ आफूमाथि कुटपिट भएको भन्दै अभिनेत्री सुष्मा कार्कीले उजुरी दिनुभएको छ’, डीएसपी पौडेलले भने, ‘हामीले अर्को पक्षलाई पनि छलफलमा बोलाएका छौँ, दुवै पक्षसँग छलफल गरेपछि सत्यतथ्य थाहा हुन्छ।’
अभिनेत्री कार्कीले श्वेताले गालीगलौज गरेको र उनकी बहिनी आरतीले कुटपिट गरेको आफूसँग प्रमाण सुरक्षित रहेको बताएकी छन्।
Comments
अरु समाचार
-
बिशाल तिमल्सिनाको “सानी” गजल भिडियो सार्वजनिक( भिडियोसहित)
काठमाडौँ । गजलमा केही फरक गर्ने प्रयास स्वरुप विशाल तिमल्सिनाले भिडियो गजल सार्वजनिक गरेका छन्। मंगलबार संवाद चौतारीमा आयोजित एक...
-
कुशल बेलबासेको लोकदोहोरी गीत ‘हातैका पौजाले…’ सार्वजनिक (भिडियोसहित)
काठमाडौँ । गायक तथा गीतकार कुशल बेलबासेको लोकदोहोरी गीत 'हातैका पौजाले...' सार्वजनिक भएको छ । कुशल बेलबासे र गायिका शान्ती...
-
मिसेज व्यूटी क्वीन प्रतिष्पर्धामा सजिता रेग्मी
काठमाडाैं । 'लेट मि इन मिसेज व्यूटी क्वीन' सिजन ४ मा प्रतिष्पर्धीको रुपमा सजिता रेग्मी भाग लिएकी छन् । सिजन...
-
नारायणहिटी अगाडि महानगरको कन्सर्ट, सडक खाली गराइयो
काठमाडाैँ । दरबारमार्गस्थित नारायणहिटी संग्राहलय अगाडि बिहीबार भव्य कन्सर्टसहितको कार्यक्रम गर्न लागिएको छ । माघ २३ गते ओली समूहले नारायणहिटी...
-
हातमा साङ्लो बाँधेर प्रदर्शनमा उत्रिए स्रष्टाहरु
काठमाडौं । संसद विघटनको विरोधमा स्रष्टा र कलाकारहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् । सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा...
-
आज सोनाम ल्होसार, सरकारले दियो सार्वजनिक विदा
काठमाडाैँ । आज विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाइँदैछ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारलाई नयाँ वर्षका...
-
करिश्मा महानायिकाको उपाधिले सम्मानित
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर महानायिकाको उपाधिले सम्मानित भएकी छन् । आरके इन्टरटेनमेन्टले आफ्नो २० औं वार्षिकोत्सवको अवसर पारेर अभिनेत्री...
-
गजल: बालुवाटार गोठ बाट दाम्लो चुडाँलेर एउटा साँढे….
गजल आजकाल बालुवाटार गोठ बाट दाम्लो चुडाँलेर एउटा साँढे...
-
अब आँसु खसाउनु पर्दैन
कविता अब आँसु खसाउनु पर्दैन रगत बगाउनु पर्दैन नेपाली मन अब फुट्दैन राष्ट्रिय एकता टुट्दैन शान्ति अब यहाँ...