ताजा समाचार

आन्दोलनकारीले सडकमै पकाए, सडकमै खाए (फोटो फिचर)

काठमाडौँ । दाहाल-नेपाल समूहले गरेको आम हड्‍तालमा कार्यकर्ताले सडकमै खाना बनाएर खाएका छन् ।

बिहीबार गरेको आम हड्‍तालमा कोटेश्‍वरमा खटिएका कार्यकर्ताले सडकमै खाना बनाएर खाएका हुन् । कोटेश्‍वरमा खाना खाइरहेको युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा, जनसाँस्कृतिक महासंघका अध्यक्ष सरल सहयात्री पौडेललगायत नेताहरूले खाना खाइरहेको तस्बिर सार्वजनिक भइरहेको छ ।

त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, पम्फा भुसाललगायत नेताहरू पुल्चोकको सडकमा चिउरा र पानी खाएर बसेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा आफुखुशी नियुक्ती र शपथग्रहण गराएको भन्दै दाहाल-नेपाल समूहले बिहीबार आम हड्ताल गरेको हो ।

बन्दका कारण बिहानैदेखि सडकमा गाडी चलेका छैनन् । केही सार्वजनिक गाडी भने बिहानी समयमा चलेका थिए । एम्बुलेन्‍स, अस्पतालका बस, खाद्यान्‍न, दुध, औषधीका गाडी, सञ्‍चारकर्मीका सवारी साधन चलेका छन् । ठाउँ ठाउँमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । कतिपय ठाउँमा प्रहरी र दाहाल-नेपाल समूहको घम्साघम्सी परेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org