ताजा समाचार

काठमाडौंको तापक्रम १ डिग्री, आजदेखि मौसममा सुधार

काठमाडौं । पश्चिमी वायुको प्रभावले बदली भएको मौसममा आजदेखि सुधार आउने भएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

आजदेखि मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । ‘‘आजदेखि देशैभरको मौसम सफा हुँदै जानेछ,’’ महाशाखाकी मौसमविद् सजिना शाक्यले बताइन, ‘‘कतै–कतै मौसम सफा भइसकेको छ ।’’

काठमाडौं उपत्यकाको आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस रहेको उनले बताइन् । महाशाखाले हरेक दिन बिहान पौने ९ बजे गरिने मापनलाई आधिकारिक मानेर वेबसाइटमा प्रकाशित गर्ने गर्छ ।

पश्चिमी वायुको प्रभावले शनिबार देशैभरको मौसममा बदली भएको थियो । देशका केही स्थानमा हिमपातसमेत भयो । काठमाडौं आसपासका उच्च भेगमा समेत हिमपात भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org