म्यानमारमा सैन्य कू विरुद्ध नागरिक प्रदर्शनमा प्रहरीको बल प्रयोग
काठमाडाैँ । म्यानमारमा सैन्य कू विरुद्ध प्रदर्शन तीव्र हुने क्रममा प्रहरीले बल प्रयोग गरेको छ।
राजधानी नाइ पी तावमा भएको प्रदर्शन नियन्त्रणमा लिनका लागि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ।
पेशाकर्मीहरुले सैन्य कू विरुद्ध देशव्यापी बन्द आह्वान गरेका छन् । त्यसक्रममा भएको प्रदर्शन नियन्त्रणमा लिनका लागि प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो।
म्यानमारमा लगातार तेस्रो दिन प्रदर्शन भएको हो । उनीहरुले नेतृ आङ साङ सूकीसहितका नेताको रिहा तथा प्रजातन्त्र पुनर्स्थापनाको माग गरेका छन्।
म्यानमारको सेनाले गएको सोमबार बिहानै सत्तारुढ नेशनल लिग फर डेमोक्रेसी पार्टीकी नेतृ आङ साङ सूकीसहित शीर्ष नेतालाई गिरफ्तार गरि सत्ता नियन्त्रणमा लिएको हो।
गएको नोभेम्बर ८ मा भएको चुनावमा सूकीको पार्टी अत्याधिक बहुमत ल्याएर विजयी भएको थियो । तर सो चुनावमा धाँधली भएको आरोप लगाएको सेनाले निर्वाचित सांसदको पहिलो बैठक बोलाइएकै दिनको सबेरै सत्ता हत्याएको हो ।
Comments
अरु समाचार
-
मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार
काठमाडौं । अमेरिकाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । तेजाब हमला...
-
चीन सरकारद्वारा दरबार हाई स्कुललाई शैक्षिक सामाग्री सहयोग
काठमाडौं । चीन सरकारले काठमाडौंको दरबार हाई स्कुललाई शैक्षिक सामाग्री सहयोग उपलब्ध गराएको छ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा चीन...
-
गलवान भ्यालीमा भारतीय सेनासँगको भिडन्तमा चार चिनियाँ सैनिकको ज्यान गएको पुष्टि
एजेन्सि । चीनले गलवान भ्यालीमा भारतसँग भएको भिडन्तमा आफ्ना चारजना सैनिकको ज्यान गएको बताएको छ। आठ महिनाअघि भएको भिडन्तमा भारतका...
-
जापानी राजदुत र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना बीच बिदाइ भेट
काठमाडाैं । नेपालका लागि जापानी राजदुत मासामिची साइगोले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गरेका छन् । राजदुत साइगोले...
-
सरकारले दियो चिनियाँ खोपलाई अनुमति
काठमाडाैँ । सरकारले कोरोनाविरुद्धको चिनियाँ खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागले चाइनिज सिनोफार्म कम्पनीले बनाएको...
-
भारतीय गृहमन्त्री शाहको अभिव्यक्तिप्रति नेकपाको गम्भीर आपत्ति
काठमाडाैँ । भारतका गृहमन्त्री अमित शाहको अभिव्यक्तिप्रति नेकपा प्रचण्ड-नेपाल पक्षले गम्भीर आपत्ति प्रकट गरेको छ। बुधबार नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले...
-
भारतीय नेताको विवादास्पद अभिव्यक्तिबारे नेपालको ध्यानाकर्षण
काठमाडौँ। भारतको त्रिपुरा राज्यका मुख्यमन्त्रीले दिएको अभिव्यक्तिबारे नेपाल सरकारले ध्यानाकर्षण गराएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार भारत सरकारलाई औपचारिक...
-
नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित
काठमाडाैँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच आगामी मार्चमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको...
-
अमेरिकाले इरानमाथिको नाकाबन्दी नहटाउने
एजेन्सि । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने जानकारी दिएका छन् । एक अमेरिकी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्ताका क्रममा...