सिस्ने गाउँपालिकामा छोरी बचत खाता शुरु
रुकुमपूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले छोरी बचत खाताको शुरुआत गरेको छ ।
गाउँपालिकाको वडा नं ३ पाँगांका ४ महिनाकी सिमा खड्को खाता खोलेर छोरी बचत खाताको थालनी गरेको हो । कृषि विकास बैंकमा खोलेको उनीको बचत खातामा गाउँपालिकाले ५ हजार जम्मा गरिदिएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षको साउन १ गतेभन्दा पछाडि जन्मिएका सबै छोरीहरुको बचत खाता खोलिदिने भएको छ । सिस्नेले साउन पछाडि जन्मेका गाउँपालिका क्षेत्रभित्रका सबै छोरीहरुको बचत खाता खोलिदिने गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिए । गाउँपालिकाले सबै छोरीको खातामा रु.५/५ हजार रुपैयाँ जम्मा गरिदिनेछ ।
छोरी बचत खाताको लागि गाउँपालिकाले मापदण्ड पनि निर्धारण गरेको छ । महिलाले अनिवार्य ४ पटक गर्भ जाँच गराएको, स्वास्थ्य संस्थामै सुत्केरी भएको र जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएको हुनुपर्ने गाउँपालिकाका स्वास्थ्य संयोजक सुरेन्द्रप्रसाद यादवले जानकारी दिए ।
सबै प्रक्रिया पूरा भएपछि वडाको सिफारिस लिएर गाउँपालिकामा पुगे गाउँपालिकाले नै छोरी बचत खाता खोलीदिने उनले बताए । उनका अनुसार यो खाता मुद्दती हुनेछ । छोरी २० वर्ष पुगेपछि मात्रै त्यो रकम निकाल्न पाइने छ । त्यसका लागि २० वर्ष नपुगी विवाह नगरेको र पढाइ निरन्तरता हुनुपर्ने छ । २० वर्षपछि उक्त रकम छोरीले निकालेर आफैं चलाउन पाउने गरी गाउँपालिकाले कार्यविधि तयार पारेको छ ।
स्वास्थ्य, सचेतना, जागरणका लागि छोरी बचत कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ । आमा र बच्चाको स्वास्थ्य सुरक्षा र जनचेतना बढाउने उद्देश्यले सो अभियान थालेको गाउँपालिका अध्यक्ष बरालको भनाई छ । छोरी बचत कार्यक्रमबाट छोरीको सुरक्षालाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।
Comments
अरु समाचार
-
बोनस घोषणा लगत्तै नेपाल हाइड्रोको सेयर भाउमा उछाल
काठमाडौं । नेपाल हाइड्रोडेभलपर लिमिटेडको सेयर मूल्यमा उछाल आएको छ । बोनस सेयर घोषणा गरेलगत्तै नेपाल हाइड्रोडेभलपरको सेयर भाउ ९...
-
महिला लघुवित्तको सेयर बाँडफाँड, १५ लाख आवेदकको हात खाली
काठमाडौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ। माघ ३० देखि फागुन ५ गतेसम्म बिक्री खुला...
-
ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ २३ गतेबाट खुल्दै
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन २३ गतेबाट सेयर जारी गर्ने भएको छ। ज्योतिले १०० रुपैयाँ अंकित दरका...
-
प्रभु इन्स्योरेन्सद्वारा लाभांश घोषणा
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष...
-
१३ खर्ब ४४ अर्बमा झर्यो बजेटको आकार, उच्च आर्थिक वृद्धिदर हासिल नहुने
काठमाडाैँ । सरकारले गत जेठ १५ गते ल्याएको चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ। अर्थ मन्त्रालयले अर्धवार्षिक बजेट समीक्षा...
-
सनराइज बैंकको डेपुटी सीईओमा राणा
काठमाडाैँ । सनराइज बैंकको डेपुटी सीईओमा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छन्। बैंकको आज बसेको संचालक समितिको बैठकले राणालाई डेपुटी...
-
निर्वाचन आयोगले सरकारसँग माग्यो ७ अर्ब
काठमाडौं । निर्वाचन आयोगले सरकारले घोषणा गरेको २०७८ वैशाख १७ र २७ गतेको निर्वाचन गराउन ७ अर्ब ७ करोड रुपैयाँ...
-
इन्फ्रास्ट्रक्चरको आइपीओ बाँडफाँट हुँदै : ५० कित्तासम्म सबैले पाउने
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण सेयर (आईपीओ) आज बाँडफाँट हुँदैछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस...
-
प्रभु बैंकको नाफा ४० प्रतिशतले बढ्यो, ६ महिनामै एक अर्ब ५१ करोड कमायो
काठमाडौं । प्रभु बैंकले ३९.८७ प्रतिशतले खुद नाफा बढाएको छ। बैंकले बुधबार चालु वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै...