ताजा समाचार

भागिरथीको हत्यारा छिट्टै पत्ता लाग्छ : गृहमन्त्री

काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भागिरथीको हत्यारा छिट्टै पत्ता लगाएर र कारबाही गर्ने बताएका छन् ।

मंगलबार नेपाल विद्यार्थी संघको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले भागिरथीको केस निर्मलाको जस्तो जटिल नभएकाले छिट्टै हत्यारा पत्ता लाग्ने विश्वास व्यक्त गरे ।

भागिरथी हत्याकाण्डले मानवतालाई नै कलंकित गराएको भन्दै अपराधमा संलग्नहरुलाई कडा भन्दा कडा कारबाही गर्न नेविसंघले माग गरेको छ ।

निर्मलाको हत्यामा संलग्नहरुको खोजी गरी कारबाही गर्न नसकेका कारण बलात्कार र हत्या जस्ता निकृष्ट कार्यले प्रशय पाएको नेविसंघले विज्ञप्तिमा उल्लेख गरेको छ । जनतालाई शान्ति र सुरक्षा दिनु सरकारको दायित्व भएकाले यसमा सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org