ताजा समाचार

प्रदेश सांसद ओलीद्धारा चुनबाङ–रुकुमकोट–सिस्नेद्धारी–डोल्पा सडकखण्डको अनुगमण

रुकुम पूर्व । लुम्बिनी प्रदेशसभा सदस्य तेजबहादुर ओलीले चुनबाङ–रुकुमकोट–सिस्नेद्धारी–डोल्पा सडकखण्डको चुनाबाङ–होर्दीङ खण्डमा अनुगमण गर्नुभएको छ । प्रदेशसासंद ओलीसहित जिल्लास्थित सम्बन्धित निकायका व्यक्तिहरुले सडकको अनुगमण गर्नुभएको हो ।

४ वर्ष अघि सम्झौता भएको उक्त सडकखण्डमा ठेकेदारको लापरबाहीको कारण समयमै काम सम्पन्न हुन सकेको थिएन् । सोही खण्डमा अहिले पूनः काम सुचा रु भएपछि टोलीले सडकको अनुगमण गरेको हो । सुरत कन्स्ट्रक्सन प्रालीले ६ करोड ६८ लाखमा ठेक्कामा ४ वर्ष अघि कामको जिम्मा पाएको थियो । यो चार वर्षको अवधिमा प्रालीले जम्मा १० किलोमिटरमा सडक खनेको छ ।

चुनबाङको गैरीगाउँबाट होर्दीङसम्मको १३ किलोमिटरमा सडक खन्नेगरी कामको जिम्मा पाएको उक्त प्रालीले ४ वर्षको अवधिमा १० किलोमिटर सडक खनेको छ भने ३ किलोमिटर सडक खन्न अझै बाकी रहेको इन्जिनीयर रिपेश चौधरीले बताउनुभयो । ठेकेदारको मनपरीले गर्दा काममा ढिलाई भएको प्रदेशसभा सदस्य ओलीले बताउनुभएको छ ।

उहाँकाअनुसार यो आयोजनाको टेन्डर संघ सरकारले आह्वान गरेको थियो । पछि संघ सरकारले यहि आयोजना प्रदेश सरकारलाई हस्तान्त्रण गरेको हो । चुनबाङ–रुकुमकोट–सिस्नेद्धारी–डोल्पा सडकको यस खण्डमा दुई पटक डिपिआर गरिएको सांसद ओलीले बताउनुभयो । संघ सरकारको मातहतमा हुदा डिपिआर भएको र त्यतिबेला कुनै काम नै भएन, पछि फेरी प्रदेश मातहतमा आइसकेपछि फेरी अर्को डिपिआर गरी काम थालिएको हो ।

यसले गर्दा त्यहाँका स्थानीयमा पनि दुई पटक डिपिआर हुदा कुन सहि भन्नेमा अन्योलता सिर्जना भएको छ । बाटो भने पछिल्लो पटक गरिएको डिपिआर अनुसार खनिएको र त्यहिअुनसार नै खनिने बताइएको छ । यसै आर्थिक वर्षमा उक्त खण्डलाई होर्दीङसँग जोड्ने इन्जिनीयर चौधरीले बताउनुभएको छ ।

यस खण्ड होर्दीङमा जोडियो भने रुकुमकोट र चुनबाङ जोडिनेछन् । यस खण्डको काम सकिने बित्तिकै दुवैतीरका स्थानीय नागरिकलाई रोल्पा हुदै रुकुमकोट र चुनबाङ पुग्नुपर्ने बाध्यताको अन्त्य हुने सांसद ओलीले बताउनुभएको छ ।

अनुगमणमा प्रदेशसासंद ओलीसहित जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर ओली, उपप्रमुख भिमकुमारी पुन, प्रमुख जिल्ला अधिकारी राजकुमार राई, सिस्ने गाउँपालिका उपाध्यक्ष गोबरधन बुढा, वडा नम्बर ५ का वडा अध्यक्ष शान्तेबहादुर विक, ६ नम्बर वडाध्यक्ष सुधन रेग्मि,भूमे गाउँपालिका ९ नम्बर वडा अध्यक्ष प्रवेश पुनलगाएतको सहभागीता रहेको थियो ।                     

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org