ताजा समाचार

आज सोनाम ल्होसार, सरकारले दियो सार्वजनिक विदा

काठमाडाैँ । आज विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाइँदैछ ।

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।

आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश गरेको मानिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा वर्षलाई विभाजन गरिएको हुन्छ ।

सोनाम ल्होसारका अवसरमा सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org