हातमा साङ्लो बाँधेर प्रदर्शनमा उत्रिए स्रष्टाहरु
काठमाडौं । संसद विघटनको विरोधमा स्रष्टा र कलाकारहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन नाम दिइएको उक्त प्रदर्शन भृकुटीमण्डपबाट सुरु भई बसन्तपुरसम्म पुगेको थियो ।
त्यस क्रममा मण्डला थियटरका कलाकारले हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका थिए । उनीहरुले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विरोधमा हातमा साङ्लोले बाँकेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका सहभागी स्रष्टाले विभिन्न कविता कृतिका पंक्ति लेखिएका प्लेकार्डहरु बोकेका थिए ।
स्रष्टाहरुको प्रदर्शनमा बामपन्थी र प्रजातान्त्रिक दुबै खेमाका साहित्यकार, कलाकार सहभागी छन् । प्रदर्शनमा आहुति, निनु चापागाई, राजन मुकारुङ, नारायण वाग्ले, हरिगोविन्द लुइँटेल, दयाहाङ राई लगायत सहभागी छन् । बसन्तपुरमा स्रष्टाहरुले मन्तव्य राख्ने र कविता बाचन गर्ने कार्यक्रम रहेको छ ।
Comments
अरु समाचार
-
बिशाल तिमल्सिनाको “सानी” गजल भिडियो सार्वजनिक( भिडियोसहित)
काठमाडौँ । गजलमा केही फरक गर्ने प्रयास स्वरुप विशाल तिमल्सिनाले भिडियो गजल सार्वजनिक गरेका छन्। मंगलबार संवाद चौतारीमा आयोजित एक...
-
कुशल बेलबासेको लोकदोहोरी गीत ‘हातैका पौजाले…’ सार्वजनिक (भिडियोसहित)
काठमाडौँ । गायक तथा गीतकार कुशल बेलबासेको लोकदोहोरी गीत 'हातैका पौजाले...' सार्वजनिक भएको छ । कुशल बेलबासे र गायिका शान्ती...
-
मिसेज व्यूटी क्वीन प्रतिष्पर्धामा सजिता रेग्मी
काठमाडाैं । 'लेट मि इन मिसेज व्यूटी क्वीन' सिजन ४ मा प्रतिष्पर्धीको रुपमा सजिता रेग्मी भाग लिएकी छन् । सिजन...
-
नारायणहिटी अगाडि महानगरको कन्सर्ट, सडक खाली गराइयो
काठमाडाैँ । दरबारमार्गस्थित नारायणहिटी संग्राहलय अगाडि बिहीबार भव्य कन्सर्टसहितको कार्यक्रम गर्न लागिएको छ । माघ २३ गते ओली समूहले नारायणहिटी...
-
आज सोनाम ल्होसार, सरकारले दियो सार्वजनिक विदा
काठमाडाैँ । आज विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाइँदैछ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारलाई नयाँ वर्षका...
-
करिश्मा महानायिकाको उपाधिले सम्मानित
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर महानायिकाको उपाधिले सम्मानित भएकी छन् । आरके इन्टरटेनमेन्टले आफ्नो २० औं वार्षिकोत्सवको अवसर पारेर अभिनेत्री...
-
श्वेता खड्काले कुटेको भन्दै प्रहरीमा सुष्मा कार्कीको उजुरी
काठमाडाै। अभिनेत्री सुष्मा कार्कीले आफूमाथि अर्की अभिनेत्री श्वेता खड्काले कुटपिट र गालीगलौज गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन्। अभिनेत्री कार्कीले...
-
गजल: बालुवाटार गोठ बाट दाम्लो चुडाँलेर एउटा साँढे….
गजल आजकाल बालुवाटार गोठ बाट दाम्लो चुडाँलेर एउटा साँढे...
-
अब आँसु खसाउनु पर्दैन
कविता अब आँसु खसाउनु पर्दैन रगत बगाउनु पर्दैन नेपाली मन अब फुट्दैन राष्ट्रिय एकता टुट्दैन शान्ति अब यहाँ...