ताजा समाचार

थाल र ग्यासको सिलिन्डरसहित विद्यार्थीको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले बुधबार राजधानीमा प्रदर्शन गरेको छ  ।

राजधानीको माइतीघरमा विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ताको माग गर्दै खाना खाने थाल र सिलिन्डरसहित प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, बढ्दो महँगी नियन्त्रण गर, निरंकुश प्रधानमन्त्री मुर्दावाद’लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।
नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ) मूल्य बढाएको थियो । निगमले एक साताको अन्तरालमै दुई पटक मूल्यवृद्धि गरेको हो । अघिल्लो साता निगमले ग्यासको समेत मूल्य वृद्धि गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org