ताजा समाचार

सरकारले दियो चिनियाँ खोपलाई अनुमति

काठमाडाैँ । सरकारले कोरोनाविरुद्धको चिनियाँ खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।

औषधि व्यवस्था विभागले चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो ।

चीन सरकारले ५ लाख डोज खोप उपलब्ध गराउने निर्णय गरिसकेको छ । यसअघि अक्सफोर्ड एस्ट्राजेनिका र सेरम इस्न्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपलाई अनुमति दिइएको थियो ।

भारतले उपलब्ध गराको १० लाख डोज ‘कोभिसिल्ड’ खोप नेपालमा अहिले प्रयोग भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org