ताजा समाचार

गलवान भ्यालीमा भारतीय सेनासँगको भिडन्तमा चार चिनियाँ सैनिकको ज्यान गएको पुष्टि

एजेन्सि  । चीनले गलवान भ्यालीमा भारतसँग भएको भिडन्तमा आफ्ना चारजना सैनिकको ज्यान गएको बताएको छ।

आठ महिनाअघि भएको भिडन्तमा भारतका २० सैनिकको मृत्यु भएको सार्वजनिक भए पनि चिनियाँ सैनिकको मृत्यु भएको जानकारी पहिलोपटक खुलासा गरिएको हो।

काराकोरम पहाडमा राष्ट्रिय स्वाधिनता र क्षेत्रीय अखण्डताको रक्षामा खटिएर भारतसँग लडेका ती सैनिकको गलवान भ्यालीमा ज्यान गएको चिनियाँ सरकारको मुखपत्र मानिने ग्लोबल टाइम्सले जनाएको छ।
‘गलवान भ्यालीको लाइन अफ कन्ट्रोल (एलएसी) मा भारतीय सेनाको अवैध घुसपैठसँग भिड्दा ज्यान गुमाउने यी चारजना अधिकृतबारे विस्तृत विवरण सार्वजनिक गरिएको यो पहिलोपटक हो,’ सो पत्रिकाले जनाएको छ।

सो घट्ना कसरी हुन गयो भन्नेबारे थप अध्ययन पनि गरिएको बताइएको छ।

भारतका २० र चीनका चार सैनिकको ज्यान जानेगरी भारत र चीनबीच भएको यो भिडन्तलाई यी दुई छिमेकीबीच विगत ४५ वर्षमा भएको सबैभन्दा ठूलो सीमा तनाबका रुपमा लिइएको छ।

सो भिडन्तमा चिनियाँ सेनातर्फ भएको क्षतिको बिभिन्न आकलन गरिए पनि चीन आफैले पहिलोपटक यो विवरण सार्वजनिक गरेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org