सरकारपक्षीय नेकपाको पूर्ववत् अडानबीच आज प्रदेश १ को प्रदेशसभा बैठक
विराटनगर । सरकारपक्षीय नेकपाको पूर्ववत् अडानबीच आज प्रदेश १ को प्रदेशसभा बैठक डाकिएको छ ।
माघ २५ गतेको बैठकको कार्यसूचीमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुन नपाई प्रदेशसभा बैठक आज आइतबारका लागि तोकिएको थियो । सभामुख प्रदीपकुमार भण्डारीले अविश्वासको प्रस्ताव टेबुल हुने कार्यसूची लिएर बैठक सुरु गरेर त्यसलाई टेबुल नै नगराई हठात रुपमा स्थगन गरेका थिए । प्रदेशसभाको बैठक सुरु हुनासाथ सत्तापक्षीय नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले संसदीय दलले कारबाही गरेका प्रचण्ड-नेपाल समूहका सांसद्लाई कारबाही गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए ।
अविश्वासको प्रस्ताव टेबुल भई प्रक्रियामा लगेर संसद् बैठक सुचारु गर्नुपर्नेमा प्रमुख विपक्षी कांग्रेससमेत सकारात्मक भएपछि सत्तासीन नेकपाले बैठक टार्ने र चल्नै नदिने रणनीति लिएको छ । नेकपाका प्रमुख सचेतक राजभण्डारीले संसदीय दलको विधानविपरीत आफ्नै दलका नेता तथा मुख्यमन्त्रीविरुद्ध अभियान चलाउने सांसदलाई निलम्बन गरिएकाले बैठकमा सहभागी हुन दिन नहुने आफूहरूको अडान रहेको बताउँछन् ।
यता, प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले दलको विवादलाई प्रदेशसभामा ल्याएर संसद्लाई नै बन्धक बनाउनु उपयुक्त नभएको टिप्पणी गर्छन् । भन्छन्, “प्रदेशसभा बैठक सञ्चालन हुनुपर्छ । बन्धक बनाउन पाइँदैन । जे हुन्छ त्यहिँभित्र हुन्छ ।” सत्तापक्षले नै संसद बैठक सञ्चालन हुन नदिनु उदेकलाग्दो भएको कार्कीको कथन छ ।
मुख्यमन्त्री शेरधन राईले विराटनगरको एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै प्रदेशसभा नै विघटनसमेत हुन सक्ने चेतावनीसमेत दिएका छन् ।
यसको प्रतिउत्तरमा नेकपाका प्रचण्ड-नेपाल समूहबाट मुख्यमन्त्री प्रस्ताव गरिएका नेता भीम आचार्यले संघीय राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री राईले प्रदेशसभा विघटन नै गर्न नसक्ने र सके गरेर देखाउन चुनौती दिएका छन् ।
Comments
अरु समाचार
-
ताप्लेजुङ्गको दोभान बजारमा आगलागी, कम्तिमा १५ घर जले
काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ । बिहान करिब ९ बजेदेखि आगलागी भएको हो । आगो नियन्त्रणको प्रयासमा...
-
प्रदेश १ को प्रदेशसभा बैठकः ओली समूहले बहिस्कार गर्ने
काठमाडौं । मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभाको बैठक सत्तारुढ नेकपा ओली समूहले बहिस्कार गर्ने भएको छ ।...
-
प्रदेश १ को प्रदेशसभाको बैठकः अविश्वास प्रस्ताव पेश गर्ने कार्यसूची
काठमाडाैँ । प्रदेश १ को प्रदेशसभाको बैठक आइतबार दिउँसो २ बजेका लागि बोलाए पनि निर्धारित समयमा बस्न सकेन । सभामुख...
-
अब अन्तिम विकल्प चुनाव नै हो : कमल थापा
काठमाडाैँ । राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीबाट संसद विघटन असंवैधानिक कदम भए पनि अब निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन्...
-
प्रधानमन्त्री ज्यू , संवैधानिक निकाय र नागरिकलाई नथर्काउनूहोस्ः शेखर कोइराला
काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संवैधानिक निकाय र नागरिकलाई नथर्काउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका...
-
प्रदेशसभाको बैठक स्थगित गर्न मुख्यमन्त्रीको दबाब, सभामुखले भने– सधैँभरि बैठक रोक्न सकिँदैन
काठमाडाैँ । आइतबार दिउँसो दुई बजेका लागि डाकिएको प्रदेशसभाको बैठक नजिकिँदै गर्दा सभामुख प्रदीपकुमार भण्डारी र मुख्यमन्त्री शेरधन राईबीच भेटवार्ता...
-
प्रदेश संरचनालाई कमजोर बनाउन अविश्वास प्रस्ताव ल्याइयो : मुख्यमन्त्री राई
काठमाडाैँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्ताव विधि र विधान मिचिने गरी ल्याएकाले कुनै सम्झौता नहुने...
-
प्रदेश १ को वार्षिकोत्सव प्रचण्ड-नेपाल समूहद्वारा बहिष्कार
काठमाडाैँ । प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रम नेकपाको प्रचण्ड-नेपाल पक्षले बहिष्कार गरेको छ। मुख्यमन्त्री कार्यालय विराटनगरमा जारी कार्यक्रममा प्रमुख विपक्षी...
-
प्रदेश १ को प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने सम्भावना
काठमाडाैँ । प्रदेश १ को प्रदेशसभा बैठक आज (आइतबार) बस्दै छ। सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आजका...