ताजा समाचार

तिलकराज भण्डारीको ‘जनयुद्धका हस्ताक्षर’, ‘प्रचण्ड’द्वारा विमोचन हुदै

जनयुद्धका ११२ चिठीपत्र समेटिएको 'जनयुद्धका हस्ताक्षर'

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) युवा विद्यार्थी नेता तिलकराज भण्डारीको ‘जनयुद्धका हस्ताक्षर’ नामक पुस्तक जनयुद्धका सुप्रिमो कामण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा विमोचन हुदै छ ।

जनयुद्धका सुप्रिमो कामण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा ‘जनयुद्धका हस्ताक्षर’ फागुन ११ गते (भोली)  मंगलबार प्रज्ञा भवन कमलादीमा विहान १० बजे एक कार्यक्रमकाबीच विमोचन

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा भएका विभिन्न ११२ वटा चिठी पत्रहरुलाई सम्पादन गरेर तिलकराज भण्डारीले पुस्तकका रुपमा ल्याएका हुन् ।

‘जनयुद्धको क्रममा आदरणीय कमरेडहरुका निर्देशनमुलक र वैचारिक पत्र व्यवहारलाई संगठित गरेको छु, क्रमश अन्तरजिल्ला, जनमुक्ति सेनामा कार्यरत योद्धाहरुको पत्राचारलाई समेट्ने प्रयास भएको छ,’ सम्पादक भण्डारीले पुस्तकमा उल्लेख गरेका छन् ।

२०५४ सालमा अखिल (क्रान्तिकारी) मा संगठित भएर राजनीतिक यात्रा सुरु गरेका भण्डारी २०५६ सालबाट जनयुद्धमा भूमिगत राजनीतिमा होमिएका थिए ।

२०५८ साल भदौ २८ गतेको प्रथम जिल्ला भेलाबाट सल्यान जिल्ला सदस्य, ०५९ मा जिल्ला समिति उपाध्यक्ष, ०६१ मा जिल्ला अध्यक्ष हुँदै भण्डारी जनयुद्धमा सक्रिय थिए ।

त्यसबेला जनयुद्ध व्यवस्थापनदेखि भिविन्न आक्रमण हुँदा चिठी पत्र आदनप्रदान हुन्थे । ती चिठीपत्रलाई संकलन गरेर राखेका भण्डारीले पुस्तकका रुपमा सम्पादन गरेका हुन् ।

जनयुद्धका ११२ वटा चिठीपत्र समेटिएको पुस्तकको विमोचन जनयुद्धका सुप्रिमो कामण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार एक कार्यक्रमकाबीच विमोचन गर्दैछन् ।

कार्यक्रममा वक्ता नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,   नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराई, युवा नेता रमेश मल्ल र समालोचक प्रा.डा.  रमेशप्रसाद भट्टराई रहने छन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org