संसद विघटन बदर गर्ने सर्वोच्चको ऐतिहासिक फैसला
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ।
सर्वोच्चले दुई महिनायताको सुनुवाइ प्रक्रिया अन्त्य गर्दै सरकारको निर्णय बदर गरिदिएको हो। यससँगै प्रतिनिधि सभा पुनःस्थापित हुने भएको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा विघटन विरुद्ध परेका १३ थान सिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अन्तिम निर्णय सुनाएको हो।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले विघटन विरुद्धका रिटमा सुनुवाइ गरेका हुन्।
यो मुद्दाका दुवै पक्षले बहस गर्नुका साथै र एमिकस क्युरीले समेत आफ्नो राय राखेका थिए। माघ ४ गतेदेखि सुरु भएको अन्तिम फैसलाका लागि बहस भएको थियो। गत फागुन ७ गते अन्तिम सुनुवाइ सकिएको थियो। मंगलबार भने हेर्दाहेर्दैका लागि पेशी तोकिएको थियो।
गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको थियो। दुई महिनाको बहसपछि आज फैसला सुनाइएको हो। प्रधानन्यायाधीश राणाले रिटहरुलाई संवैधानिक इजलासमा सुनुवाइ गर्ने निर्णय गरेका थिए।
Comments
अरु समाचार
-
अब एमाले र माओवादी अलग अलग भएर जाने
काठमाडौँ । साविक नेकपा प्रचण्ड- नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतको फैसला मानेर अलग अलग जाने बताएका छन्...
-
एमालेभित्रै रहेर ओलीसँग सामना गर्ने माधव नेपाल समूहको निष्कर्ष
काठमाडाैँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षले नेकपा एमालेभित्रै रहेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संघर्ष गर्ने भएका छन्। नेपालनिकट स्थायी कमिटी...
-
प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक सुरू
काठमाडौं। प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरू भएको हो। बैठकमा सर्वोच्च अदालतले...
-
माधव नेपाल समूह छलफलमा
काठमाडौं । एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । नेकपाको प्रचण्ड–माधव...
-
भीम रावललाई प्रधानमन्त्री ओलीको जवाफ- मैले तपाईंहरू कुन पार्टीको हो भनेर सोध्न नपरोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कुन पार्टीका हुन् भन्ने थाहा नभए सर्वोच्च अदालतमा गएर सोध्न आग्रह गरेका छन् । सोमबार...
-
अख्तियारका प्रमुख आयुक्त राईले दोहोरो सुविधा नलिने
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले दोहोरो सुविधा नलिने भएका छन् । राईले निवृत्तभरण व्ववस्थापन कार्यालय...
-
राष्ट्रिय महिला दिवस : राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान...
-
महिला र पुरूष बराबर भने पनि असमानता कायमै छन्: प्रधानमन्त्री ओली
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरूलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरूद्ध हुने हिंसा अन्त्य गर्न सशक्तिकरण गर्ने...
-
प्रचण्ड – माधव पक्षले बोलायो स्थायी समिति बैठक
काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको नेता...