ताजा समाचार

कमलपोखरीमा सिमेन्टका संचरना भत्काइयो, प्रहरीसँग झडप

काठमाडौँ । कमलपोखरीमा कंक्रिट प्रयोग गरेर बनाइएका संचरना अभियन्ताहरुले भत्काएका छन्।

सम्पदा बचाउ अभियानमा जुटेका अभियन्ताहरुले शुक्रबार कमलपोखरीमा सिमेन्ट प्रयोग गरेर बनाइएको कमलको फूलको प्रतिमा भत्काएका हुन्।

सो क्रममा प्रहरी र नागरिक अभियन्ताहरुबीच घम्साघम्सी भएको छ। माइतीघरमा प्रदर्शन सकेपछि बृहत नागरिक आन्दोलनका सहभागीहरु कमलपोखरी पुगेका थिए।

उनीहरुले सम्पदा माँस्न नपाइने बताउँदै कमलपोखरीको मौलिकतालाई जिवन्त राख्न माग गर्दै आएका छन्।

अहिले कमलपोखरीमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org