ताजा समाचार

नेकपाका ७ जना सांसद उपत्यकाबाट सम्पर्कविहिन, प्रचण्ड-नेपाल समुहले नियन्त्रणमा लिएको आशंका

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ७ जना सांसद   उपत्यकाबाट  शुक्रबार साँझदेखि ‘बेपत्ता’ भएका छन ।

नेपालका सांसद गंगा चाैधरी, माया ज्ञावली,लक्ष्मी चाैधरी, सदिना हुसेनलगाएत ७ जना सांसद हराएका हुन ।

शुक्रबार साँझ बसेरा होटेलमा बसेका सांसदहरु माया ज्ञावली, गंगा चाैधरी,लक्ष्मी चाैधरी, सदिना हुसेन, शेख चाद तारा सम्पर्क विहिन भएका हुन ।

आफ्नो पक्षमा बहुमत जुटाउन प्रचण्ड-नेपाल समुहले नियन्त्रणमा लिएर लुकाएको आशंका गरिएको स्रोतले जनाएको छ ।

ओली पक्षको संसदीय दलो बैठक  दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरि बोलाइएको ओली खेमाले जनाएको छ।

नेकपाको दाहाल–नेपाल खेमाको संसदीय दलको बैठक शुक्रबार बसेको थियो। सो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेताको रुपमा चयन गरेको थियो।

आफ्नो खेमामा बहुमत सांसद रहेको दाबी गरेको दाहाल–नेपाल खेमाले प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय पनि गरेको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org