ताजा समाचार

पुर्वसभामुख महरा र विप्लवबिच भेटवार्ता

काठमाडाैँ । पूर्वसभामुख कृष्णबहादुर महरा र लामो समय भूमिगत भएर भर्खरै मात्र सार्वजनिक भएका नेकपाका महासचिव नेत्र बिक्रम चन्द बिप्लबबीच विशेषले वार्ता भएको छ ।

वर्तमान सरकारसँग सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएका विप्लव महरा निवास खुमलटार पुगेर भेटघाट गरेका हुन् ।

तत्कालीन माओवादी जनयुद्ध पछि शान्ति प्रक्रियामा आउँदा नेतृत्वदायी भूमिका खेलेका पूर्वसभामुख महरालाई राजनीति तथा शैक्षिक गुरुका रुपमा सम्मान गर्ने विप्लवले महरासँग भेटेर वर्तमान राजनीतिक अवस्था र आफ्नो पार्टीको पछिल्लो रणनीतिका बारेमा छलफल गरेको महरा निकट स्रोतले जनाएको छ ।

पछिल्लो समय विभिन्न सार्वजनिक भएपछि राजनीतिक व्यक्तित्व महरासँग पहिलो भेट हो । संसद पुनस्थापना पछि संसद बैठक बस्नु भन्दा अगाडि पश्चिम राजनीतिमा चर्चा गर्नुमा आएका पूर्व सभामुख महरा र विप्लवको भेटघाटलाइ महत्वका साथ हेरिएको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org