‘वर्तमान सरकार र मप्रति कुदृष्टि राख्नेले मेरो बदनाम गरे’
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप लगाएका छन्।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले काठमाडौँमा आयोजना गरेको १०औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारणसभामा बोल्दै उनले केही दिन पहिले सामुदायिक वन उपभोक्ता महासंघको कार्यक्रममा आफूले बोलेको भाषण तोडमोड गरी बदनाम गराउने उद्देश्यले कुप्रचार गरेको बताए।
उनले भने, ‘वर्तमान सरकार तथा मप्रति कुदृष्टि राख्नेले मेरो भाषणलाई तोडमोड गरी एडिट गरेर सामाजिक सञ्जालमा पोष्ट गरेका छन्, यस्तो कुप्रचार नगर्न र उक्त कुराको विश्वास नगर्न म आग्रह गर्दछु।’
प्रविधिको दुरुपयोग गरी बदनाम गराउने काम भएको उल्लेख गर्दै उनले उक्त विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्। यसरी प्रविधिको दुरुपयोग गरी समय खेर फाल्नुभन्दा बरु उक्त समय देश विकासमा लगाउनसमेत उनले आग्रह गरे। वैज्ञानिक वनका नाममा रुख छरपस्ट गरी फँडानी भएकाले वैज्ञानिक वन खारेज गरेको समेत मन्त्री आलेले जानकारी दिए।
नबोलेको कुरा एडिट गरेर बोलेको हो भन्दै कुप्रचार नगर्न उनले आग्रह गरे। ‘मैले यो जनताको सरकार हो, जनताप्रति उत्तरदायी भएको सरकार हो भनेको कुरालाई एडिट गरी गलत प्रचार गरिएकामा मेरो घोर आपत्ति छ’, उनले भने।
Comments
अरु समाचार
-
प्रधानमन्त्री कार्यालयमा चार देशका राजदूत, एक घण्टा वार्तालाप
काठमाडाैँ । नेपालस्थित विभिन्न चार देशका राजदूतले मुख्य सचिव बैकुण्ठ अर्यालसँग संयुक्त भेटघाट गरेका छन् । आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री...
-
वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैनः नेता खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरुको समीकरण परिवर्तन...
-
सीपीसी विदेश विभाग प्रमुख लिउ र माओवादी महासचिव गुरुङबीच भेटवार्ता
काठमाडाैं । चीन भ्रमणमा रहेका माओवादी केन्द्रका महासचिव देव गुरुङले बिहीबार बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभागका प्रमुख लिउ...
-
प्रधानमन्त्रीसँग विपीन जोशीका परिवारको भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा...
-
संसदीय समितिको आजको बैठकमा फास्ट ट्रयाकबारे छलफल
काठमाडौं। संघीय संसद्को एक समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो...
-
झापाबाट फर्केका ओली प्रधानमन्त्री भेट्न एयरपोर्टबाट सिँधै सिंहदरबार पुगे
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । बिहीबार मन्त्रिपरिषद् बैठकलगत्तै...
-
जनताको चाहना पूरा गर्न प्रतिबद्ध छौँ : अध्यक्ष ओली
काठमाडाैं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू मुलुकलाई संवृद्ध बनाउने अभियानमा जुटिरहेकाले जनताको चाहना पूरा...
-
गल्फुटारमा कांग्रेस सभापति देउवा र माधव नेपालबीच भेटवार्ता
काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। कांग्रेस...
-
सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन
काठमाडौं। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दावी पेस गर्ने आज अन्तिम दिन रहेको छ। यसअघि पेस गरिएका दुवै दाबी अस्वीकृत भएपछि...