ताजा समाचार

प्रधानमन्त्री ओलीले बाेलाए एमाले संसदीय दलकाे बैठक

काठमाडाैँ ।  प्रधानमन्त्री केपी ओलीले एमाले संसदीय दलको बैठक बोलाएका छन् । आज अपरान्ह ४ बजे प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका प्रधानमन्त्री ओली बैठक सुरु नहुँदै बालुवाटार फर्किएका थिए । लगत्तै उनले एमालेको संसदीय दलको बैठक बोलाएका हुन् ।

सर्वोच्च अदालतले ऋषि कट्टेल अध्यक्ष रहेको नेकपालाई मान्यता दिएसँगै एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् । यही बेला प्रधानमन्त्री ओलीले संसद् बैठकलगत्तै एमाले संसदीय दलको बैठक बोलाएका हुन् । बैठक बालुवाटारमा बस्ने प्रधानमन्त्रीनिकट स्राेतले जनाएकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org