ताजा समाचार

चक्रवर्ति हबि एजुकेशन एकेडेमीले यसरी मनायो अन्तर्राष्ट्रिय नारी दिवस ( फोटोफिचर)

काठमाडाैँ । आज ८ मार्च अर्थात् १११औँ   अन्तर्राष्ट्रिय नारी दिवस चक्रबर्ति हबि इजुकेशन एकेडेमीमा विभिन्न कार्यक्रम गरि भव्य रुपमा मनाइएको छ ।

आज चक्रबर्ति हवि एजुकेशन विए एल एल वि तेस्रो बर्षका विद्यार्थीको आयोजनामा १११ औं अन्तर्राष्ट्रिय नारी दिवस  विभिन्न विभिन्न कार्यक्रम गरी मनाइएको हो ।
महिला हिंसाका विषयलाई चित्रण गरि १२ टिमले नाटक प्रर्दशन गरेका थिए । नाटक प्रतियोगितामा उत्कृष्ट अभिनय प्रस्तुत गरेर टिम रेन्बोले प्रथम स्थान,टिम सूर्य द्दितिय र टिम जिवनले तृतिय स्थान हासिल गरेको थिए ।

कार्यक्रमका प्रमुख अथिति क्याम्पस प्रमुख देवेन्द्र बहादुर भण्डारीले मानव जगतको सृष्टि गर्नेे नारिप्रति सधै उच्च सम्मान गर्नुु पर्ने बताउनु भयो । साथै सम्बोधनका क्रममा दिवांगत आमालाई सम्झेर क्याम्पस प्रमुख भण्डारी भावुक बन्नुु भएको थियो । कार्यक्रममा लेखक,गायक तथा क्याम्पस प्रमुख पिए विमला हुमागाईले महिला शसक्तिकरण र महिला सहभागिताबारे आफ्नो विचार राख्नु भएको थियो ।

हरेक बर्ष विभिन्न कार्यक्रम साथ मनाइने अन्तर्राष्ट्रिय नारि दिवस यश वर्ष समाजमा हुने यथार्थ महिला हिंसा, लैंगिक विभेद, अन्धविश्वास र कुसंस्कारका घटनालाइ नाटक मार्फत प्रस्तुत गर्न र अन्तरास्ट्रिय नारि दिवसलाइ विशेष बनाउन यो कार्यक्रम आयोजन गरिएको आयोजक टिमकी सदस्य श्रुति झाले जानकारि दिइन ।

फोटोफिचर: 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org