ताजा समाचार

एमालेभित्रै रहेर ओलीसँग सामना गर्ने माधव नेपाल समूहको निष्कर्ष

काठमाडाैँ ।  पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षले नेकपा एमालेभित्रै रहेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संघर्ष गर्ने भएका छन्।

नेपालनिकट स्थायी कमिटी सदस्यहरुबीच सोमबार नयाँ बानेश्वरमा भएको छलफलमा उनीहरुले अब एमालेभित्रै रहेर संघर्ष गर्ने निष्कर्ष निकालेका हुन्।

‘अब अदालतको आदेशलाई सम्मान गर्ने, पार्टीभित्र आफ्नो असहमतिलाई निरन्तर रुपमा अघि बढाउने निष्कर्ष निकालेका छौं,’ नेपालनिकट एक नेताले भने, ‘एमाले भनेको हामीले बनाएको पार्टी हो। त्यसभित्रै रहेर संघर्ष गर्ने हो। जुन परिस्थित आउँछ त्यसलाई सामना गर्दै जाने हो।’

बानेश्वरस्थित होटल अर्यालमा सोमबार माधव नेपालनिकट स्थायी कमिटी सदस्यहरुको बैठक भएको थियो।

सो बैठकपछि प्रचण्ड नेपाल समूहको पेरिसडाँडामा स्थायी कमिटीको बैठक सुरु भएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org