ताजा समाचार

अब एमाले र माओवादी अलग अलग भएर जाने

काठमाडौँ । साविक नेकपा प्रचण्ड- नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतको फैसला मानेर अलग अलग जाने बताएका छन् ।

सोमबार कोटेश्वरको पेरिसडाँडामा बसेको प्रचण्ड -नेपाल समूहको अनौपचारिक बैठकबाट बाहिरिएका खनालले अदालतले राजनीतिक फैसला गरे पनि आफूहरु अलग अलग भएर जाने बताएका हुन् ।

बैठकमा अन्य नेताहरुले पनि अदालतको फैसला अनुरुप पूर्वएमाले र पूर्वमाओवादी अलग अलग भएर जाने धारणा राखेको नेता खनालले बताए । आफूहरु एमालेमै रहेर संघर्ष गर्ने पनि उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org