ताजा समाचार

चिनियाँ पूर्व राष्ट्रपतिका सहयोगीलाई भ्रष्टाचार आरोपमा आजीवन काराबास

china-news-@.jpg

बेइजिङ ‘चीन’, २१ असार । चीनका पूर्व राष्ट्रपति हु जिन्ताओका पूर्व सहयोगी लिङ जिहुवालाई भ्रष्टाचार तथा राज्यको गोप्य सूचना गैरकानुनी तरिकाले लिएको र शक्तिको दुरुपयोग गरेको आरोपमा आजीवन काराबासको सजाय तोकिएको छ ।

यस सन्दर्भमा लिङ जिहुवाले आफ्नो गल्ती स्वीकार गरेको र सजायमाथि पुनःविचारका लागि माथिल्लो निकायमा अपिल नगर्ने बताएका तियानजिनस्थित पहिलो मध्यवर्ती जनअदालतको फैसलालाई उद्धृत गर्दै सिन्ह्वा न्युज एजेन्सीले बताएको छ ।

आजको फैसलाले मेरो हृदयमा गहिरो चोट पुगेको छ, लिङले सोमबार अदालतसमक्ष जारी गरेको अन्तिम विज्ञप्तिमा बताइएको छ ।

पूर्व राष्ट्रपति हु जिन्ताओका सहयोगी लिङको मुद्दा राज्य सञ्चालित टेलिभिजन सीसीटीभीको रात्रिकालीन प्रसारणको मुख्य समाचारमा छाएको छ ।

समाचारमा लिङलाई सेतो सर्ट र चस्मा लगाएको अवस्थामा देखाइँदा उहाँले आफूमाथिको सजायलाई नम्रतापूर्वक स्वीकारेको देखाइएको बताइएको थियो ।

चीनको सत्तासीन कम्युनिस्ट पार्टीले लिङलाई हुको सहयोगीबाट गएको वर्ष नै हटाएको थियो ।

सन् २०१२ मा बेइजिङमा भएको फेरारी ९कार० दुर्घटनामा लिङका छोरा मारिएका थिए र यसले एक दशकमा एक पटक हुने चिनियाँ नेतृत्व परिवर्तनको विषयमा समेत बाधा पु¥याएको थियो । रासस/एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org