ताजा समाचार

बग्दादको बम हमलामा मृत्युहुने २५० जना, बुधबार कैयौँ श्रद्धान्जलि सभा

19_01_2016-iraq_siya_sunni

बग्दाद, २३ असार । इराकको राजधानी बग्दादमा आइतबार भएको बम आक्रमणमा परी ज्यान जाने व्यक्तिको सङ्ख्या २५० पुगेको समाचार छ ।

गएको आइतबार बिहान सबेरै भएको हमलामा २१३ जनाको ज्यान गएको जनाइएको थियो । सो हत्यापछि सरकारले सोमबारदेखि तीन दिनसम्मका लागि राष्ट्रिय शोकको घोषणा गरेको थियो ।

मृतकहरुप्रति श्रद्धान्जली अर्पण गर्न इराकमा बुधबार विभिन्न स्थानमा श्रद्धान्जलि सभाहरुको आयोजना गरिएको थियो । ती सभाहरुमा दशौँहजार नागरिकको सहभागिता रहेको थियो ।

इराकी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार उक्त क्षेत्रमा भएको बम हमलामा परी ज्यान जाने व्यक्तिको सङ्ख्या २५० पुगेको हो ।

आइतबारको आत्मघाती कारबम आक्रमणमा परी घाइते हुनेको सङ्ख्या दर्जनौँ रहेको छ । अधिकारीहरुले त्यसमा परी घाइते भएकाको उपचार जारी रहेको जनाएका छन् ।

उपचारार्थमध्ये कैयौंको अवस्था अझै पनि अज्ञात नै रहेको जानकारी उनीहरुले दिएका छन् । त्यस हमलाको जिम्मेवारी इस्लामिक स्टेट्स, (आइएस) ले लिएको छ ।

राजधानी बग्दादमा यस बर्षमा भएका यस्ता हिंसात्मक आक्रमणहरुमा यो सबैभन्दा भीषण आक्रमण भएको बताइएको छ । यस आक्रमणलाई हिंस्रक एवम् भीषण प्रकृतिको भनी सरकारी अधिकारीहरुले प्रतिक्रिया दिएका छन् । रासस/एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org