ताजा समाचार

अमेरिकामा गोली हानी तीन प्रहरीको हत्या

160717154226_america_us_police_officers_block_off_a_road_after_a_shooting_of_police_in_baton_rouge_louisiana_624x351_reuters
काठमाडौं,  ३ साउन ।  अमेरिकाको लुइजियाना राज्यमा तीनजना प्रहरीको गोली हानी हत्या गरिएको छ। लुइजियानाको बाट रुजमा आक्रमणकारीले चलाएको गोली लागेर तीन जना प्रहरीको घटनास्थलमै मृत्यु भएको विविसीले जनाएको छ।
गोली प्रहारबाट र अन्य तीन जना प्रहरी घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ।
प्रहरीमाथि आक्रमण गर्ने एकजना आक्रमणकारी पनि प्रहरीको जवाफी कारबाहीमा मारिएका छन्।
स्थानीय समयअनुसार बिहान ९ बजे भएको घटनामा २९ वर्षीय कालो वर्णका मानिस सामेल भएको वताइएको छ।
घटनाको अमेरिकी राष्ट्रपति बाराक ओबामाले कडा निन्दा गरेका छन्।
‘प्रहरीमाथि गरिएको आक्रमण कायरहरुले गराएको हुन्। यो कायर आक्रमणलाई कुनै हालतमा तर्कसंगत मान्न सकिन्न,’ओबामाले भनेका छन्।
स्थानीय निकायका एक प्रवक्ताले एक टिभी च्यानललाई उद्धृत गर्दै आक्रमण स्थानीय समय अनुसार बिहान ९ बजे भएको बताएका छन्।एजेन्सी 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org