ताजा समाचार

फिलिपन्सका पूर्व राष्ट्रपतिविरुद्धको मुद्दा खारेज

Philadelphia Airport Workers Demonstrate For Higher Wages Ahead Of Planned Strike During The DNC

मनिला, ५ साउन । फिलिसिन्सको सर्वोच्च अदालतले मङ्गलबार पूर्व राष्ट्रपति ग्लोरिया आरोयोविरुद्ध लामो समयदेखि चल्दै आएको भष्ट्राचारको मुद्दा खारेज गरेको समाचार छ ।

यो फैसलासँगै गएको पाँच बर्षदेखि पक्राउ पर्नुभएका आरोयोलाई तत्काल मुक्त गर्न पनि अदालतले आदेश दिएको प्राप्त समाचारमा जनाइएको छ ।

उहाँले सन् २००१ देखि २०१० सम्म फिलिपिन्सको राष्ट्रपति पद सम्हाल्नु भएको थियो । त्यस समयमा उहाँले गरेका कतिपय निर्णयहरु भ्रष्टाचारबाट मुक्त हुन नसकेको भन्दै उहाँमाथि भ्रष्टाचारको मुद्दा चलाइएको थियो ।
सन् २०११ को नोभेम्बरमा भ्रष्टाचारको आरोपमा पक्राउ पर्नुभएका ६९ बर्षीया आरोयो मङ्गलबारको सो फैसलासँगै मुक्त हुनु भएको छ ।

पक्राउ परेको सो समयदेखि नै उहाँ अस्पतालमा रहनुभएको थियो । अस्वस्थताका कारण भन्दै उहाँलाई अस्पतालमै नजरबन्दका रुपमा राखिएको थियो ।

अस्पतालको यो फैसलासँगै उहाँ त्यहीँबाटै नजरबन्द मुक्त हुनुभएको समाचारमा जनाइएको छ ।

उहाँ उपचारको लागि यसअघि करिब पाँच वर्षदेखि नै रहनुभएको मनिला सरकारी अस्पतालबाटै रिहाईको प्रक्रिया मिलाइएको अधिकारीहरुले जनाएका छन् । त्यहीँबाट नै उहाँ मुक्त हुनुभएको उहाँको वकिलले बताउनु भएको छ ।

उहाँका विरुद्धमा चलाइएको मुद्दाको प्रमाण पर्याप्त मात्रामा नभएकोले सो मुद्दा खारेज गरिएको सर्वोच्च अदालतका प्रवक्ता दओदोरे टेले समाचारदाताहरुदलाई बताउनुभएको छ ।

आरोयोमाथि ८८ लाख अमेरिकी डलर बराबरको सरकारी कोष भ्रष्टाचार गरेको आरोप लागाइयो समाचारमा जनाइएको थियो ।

आरोयोले पछिल्लो समय सर्वोच्च अदालतलाई आफ्नो मुद्दा खारेज गरिदिन रीट पनि हाल्नुभएको थियो । रासस रएएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org